सिन्धुलीमा वोलेरो दुर्घटना,नौ घाईते
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_2547.html
सिन्धुली,फागुन ३०
सिन्धुलीको महेन्द्रझ्याडी बाट सिन्धुलीमाढी तर्फ आउदै गरेको वोलेरो भ्यान गएराती दुर्घटना हुदा ९ जना घाईते भएका छन् । गम्भिर घाईते कमलामाई नगरपालीका ३ निवासी चालक विष्णु वहादुर श्रेष्ठ, पिपलमाडी गाविस वडा नम्वर ९ निवासी अक्ला राई,धुर्व राई, कल्पना राई र एमाले जिल्ला अध्यक्ष कमलजंग राई लाई उपचारको लागी जिल्ला अस्पालबाट कठमाडाँै लगिएको छ ।
महेन्द्रझ्याडी बाट सिन्धुलीमाढी आउदेै गरेको बा ६ च ५२०४ नम्वरको भ्यान कमलामाई नगरपालीका ३ बेसारेमा राती साढे ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । अन्य ४ जना घाईतहरुको सिन्धुली अस्पतालमा उपचार पछि घर फर्किएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीको शान्तेश्वरी गाविसमा वडा नंम्वर ९ मा आगलागी हुदा ७५ हजार बराबरको क्षतीभएको छ । घर नजिकैको जंगलमा लागेको आगो दुन्जु थिङ को घरमा सल्किए पछि ,५ ओटा बाखा्र , दुईटा गाई, अन्नपात लत्ता कपडा जलेर नष्ट भएको स्थानिय वासिन्दा खड्ग बहादुर वाईवाले जानकारी दिनुभएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !