संवैधानिक समितिको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाण्डौ,फागुन ३०
संविधानका अन्तरवस्तुमा सहमति जुटाउन आफ्नो मातहतमा रहेको विवाद समाधान उपसमितिलाई केही समय उपलव्ध गराउने निर्णयगर्दै संवैधानिक समितिको बैठक अनिश्चित कालकालागि स्थगित भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको संवैधानिक समितिको बैठकले सहमतिका लागि थप केही समय दिने निर्णय गरेको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा उपसमिति संयोजक एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तरको प्रयासका बाबजुत सहमति जुट्न नसकेको बताउनु भएको थियो । 

बैठकपछि नेपाली काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले आज बस्ने विशेष समितिको बैठकले शान्ति प्रक्रिया सम्बन्धमा महत्वपूर्ण सहमति गरेमा संविधान निर्माणको काम सुचारु हुने बताउनुभयो । सहमतिका लागि उपसमितिलाई कति समय उपलव्ध गराउने भन्ने जिम्मा संविधानसभाको कार्यव्यबस्था समितिलाई लगाइएको संवैधानिक समिति सभापति आचार्यले जानकारी दिनुभयो । भावी संविधानको शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्याय प्रणाली, नागरिक्ता लगायतका बिषयमा लामो समयदेखि छलफल भए पनि दलहरुबीच सहमति हुन सकेको छैन । 
यसैबीच राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमा छलफल गर्ने विधिको बारेमा छलफल गर्न दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा बसिरहेको छ । सभामुख सुवास नेम्वाङको उपस्थितिमा जारी बैठकमा राज्यपुनर्संरचना आयोगको प्रतिवेदन कहाँ, कसरी छलफल गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । 


Related

राष्ट्रिय 3607372174132535517

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item