आज बैशाख ११, अर्थात लोकतन्त्र दिवस

काठमाण्डौ,वैशाख ११ । 
आज बैशाख ११, अर्थात छैठौँ लोकतन्त्र दिवस, नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको आज ६ वर्ष पूरा भएको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६३÷६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो । जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । जनआन्दोलन भाग २ को सफलता र लोकतन्त्रको स्थापनासँगै भूमिगत सशस्त्र युद्वमा रहेको तत्कालिन नेकपा माओवादी संविधानसभा हुँदै अहिले सरकारमा पुगेको छ ।

 शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । शान्ति प्रक्रियाको काम टुङ्गो लगाउने प्रक्रिया अन्तिम चरणमा पुगे पनि संविधान लेखनमा देखिएका प्रमुख विवादका बिषयमा ठोस सहमति हुन सकेको छैन । लोकतन्त्र दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको भए पनि सरकारले औपचारिक कार्यक्रम भने तय गरेको छैन । दिवसको अवसरमा राष्ट्रपति डा रामबरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाली काङग्रेस सभापति सुशील कोइराला, लगायतले शुभकामना सन्देश दिदै नागरिकको १९ दिने आन्दोलनले दिलाएको उपलब्धी संस्थागत गर्नतर्फ सबैले आआफ्नो स्थानबाट योगदान दिनुपर्नेमा जोड दिनु भएको छ ।

Related

राष्ट्रिय 4356536717529814176

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item