फिरौती तिर्न नसक्दा महोत्तरीका युवाको गोली हानी हत्या
http://sindhulidarpan.blogspot.com/2012/04/t_23.html
बिनोद पौडेल,
बर्दिवास,वैशाख ११ ।
बर्दिवास,वैशाख ११ ।
फिरौती तिर्न नसक्दा महोत्तरीको महोत्तरीको सुन्दरपुरबाट नौ दिन अघि अज्ञात समूहको अपहरणमा परेका एक किसानलाई हिजो राति गोली हानी हत्या गरिएको छ । अहपरणकारीहरुले माग गरेको १६ लाख फिरौती पीडितका घरपरिवारले वुझाउन नसक्दा सुन्दरपुर–२ का २७ वर्षीया किसान संजय साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
अज्ञात समूहले साहलाई भारत विहारको सितामढी जिल्ला वेला थाना अन्तर्गत पर्ने भगवतिपुरमा छातिमा गोली हानी हत्या गरेको मृतकका बुबा जयनारायण साहले संचारककर्मीलाई बताउनुभयो । मृतकका बुबा जयनारायण साहका अनुसार अपहरणकारीहरुले आफनो छोरा संजय साहको ९८१९८५५७८४ नं. को मोवाईलबाट अपहरण भएको दुई दिन पछि १६ लाख रुपैयाँ फिरौती माग गरेका हुन् । त्यसको चार दिन पछि वारगेनीङ्ग गर्दै १२ लाख मागेको र ७ लाख ५० हजार माग गरे पनि आफुहरुले रकमको जोहो गर्न नसकेपछि छोराको हत्या गरेको साहले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !