आइपिएलमा आज एक खेल

काठमाण्डौ,वैशाख ११ । 
भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएल अन्र्तगत आज एक मात्र खेल हुने भएको छ । आज राति ८ बजेपछि जयपुरमा हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्र्जस वैग्लौरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगीता अन्र्तगत ३० औं खेलमा आठौ स्थानमा रहेको वैग्लौरले दोस्रो स्थानमा रहेको राजस्थानको सामना गर्न लागेको हो । यस अघि गएराति अवेर सकिएको खेलमा कोलकत्ता नाईड राईडर्सले डेकन चाजर्सलाई ५ विकेटले पराजीत गरेको छ ।

 जीतसंगै कोलकत्ता अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने प्रतियोगीतामा एक खेल पनि नजितेको डेकन विना अंक तालिकाको पुछारमा छ । १ सय २७ रनको चुनौती पाएको कोलकत्ताले एक ओभर अगावै ५ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । कोलकत्ताका लागी गौतम गांम्भिर र मनोज तिवारीले समान ३०÷३० रनको योगदान गरे । हिजै भएको मुम्वई विरुद्धको पहिलो खेलमा किग्स इलेभेन पञ्जाव ६ विकेटले विजयी भएको थियो ।

Related

प्रमूखखबरहरु 8417683710629147672

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item