पहिलो चरणको वार्ता निष्कर्ष विहिन



ऋषि राई , उदयपुर चैत्र , ३ , 
चुनढुंङ्गा ढुवानी व्यवस्थापन तथा दुर्घटना पिडित संघर्ष समिति , कटारी , उदयपुर र सिराहाको चन्द्रोउदयपुर स्थित मारुती सिमेण्ट फ्याक्ट्रीका लागि चुनढुंङ्गा ढुवानी गर्ने ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सन प्रा.लि. को शाखा कटारी , १ ,देवीधाप बीच विहिवार कटारी , गाविस मा भएको वार्ता निष्कर्षविहिन टुङ्गिएको छ ।
संघर्ष समितिले कन्ट्रक्सन र फ्याक्ट्रीले चुनढुंङ्गा उत्खनन्का लागि सरकार संग भएको सम्झौता सार्वजनिक गर्नु पर्ने , सिद्धिचरण यातायातको कटारी र सिराहाको मिर्चैया सम्मको सडकखण्ड दुई लेनको वनाउन पहल गर्नुपर्ने वा वैकल्पिक सडकवाट मात्र ढुवानीका लागि सवारीसाधन सञ्चालन गर्नुपर्ने , सडकको क्षमता भन्दा वढी वोक्न नपाईने जस्ता विभिन्न माग राख्दै प्रेस विज्ञप्ती र ज्ञापन पत्र वुझाएपछि भएको पहिलो चरणको वार्ता निष्कर्षविहिन टुङ्गिएको हो ।
संर्घष समितिको १३ सदस्यिय वार्ता टोली र कन्ट्रक्सनका प्रतिनिधि जनार्दन रेग्मी , गाविसका सरोकारवालाहरु बीच भएको वार्तामा सहमति हुन नसके पछि वार्ता निष्कर्ष विहिन भएको समितिका संयोजक राजेशचन्द्र श्रेष्ठले वताए । विहिवार साँझसम्म भएको वार्तामा कन्ट्रक्सनका प्रतिनिध जनादर्न रेग्मी ले समितिले राखेको सवै माग आफुले पुरा गर्न नसक्ने र त्यसका लागि माथिल्लो निकायमा छलफल गर्ने जानकारी गराएपछि वार्ता निष्कर्ष विहिन भएको हो ।
दोस्रो चरणको वार्ता आगामी चैत्र , ११ गते सम्मका लागि स्थगित भएको छ । आगामी वार्तामा जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी र सरोकार वाला हरु वीच वार्ता गर्ने निर्णयका साथ विहिवारको वार्ता सकिएको वार्ता टोलीका सदस्य तथा नेकपा एमालेका जिल्ला कमिटि सदस्य कृष्ण थापाले वताए । समितिमा कटारीका सवै राजनितिक दलका प्रतिनिधि लगाएत संघसंस्थाका प्रतिनिधिहरु रहेका छन् ।
समितिले कन्ट्रक्सनको ट्रिप्पर हरुले ज्यादती गरेको भन्दै मंगलवार प्रेस विज्ञप्ति निकालेको थियो भने , वुधवार जिल्ला प्रशासन कार्यलय उदयपुरमा ज्ञापन पत्र वुझाएको थियो  ,त्यसैगरी ज्ञापनपत्रको वोधार्थ जिल्ला प्रशासन कार्यलय  सिन्धुली ,जिल्ला प्रशासन कार्यलय  सिराहा , उद्योग मन्त्रालय , खानी तथा भुगर्भ विभाग , वन तथा वातावरण मन्त्रालय , यातायात व्यवस्थापन कार्यलय सिराहा , लहान , सडक डिभिजन कार्यलय , सिराहा लहान, मारुती सिमेण्ट उद्योग सिराहा  , कन्ट्रक्सनको कार्यलय कटारी १ देवीधाप  , पत्रकार महासंघउदयपुरमा पठाएको थियो ।
मारुती सिमेण्ट फ्याक्ट्रीका लागि १६ वर्ष पहिले देखि सिन्धुलीको ककुरठाकुर स्थित महाभारत डाँडालाई खानी वनाएर कन्ट्रक्सनले चुनढुंङ्गा उत्खनन् गर्दै आएको छ । चुनढुंङ्गा ढुवानीका लागि भने सिन्धुली र उदयपुरको सिमाना मा पर्ने ककुर खोला र कटारी देखि मिर्चैया सम्मको सिद्धिचरण राजमार्गको सडकखण्ड लाई प्रयोग गर्दै आएको छ । चुनढुंङ्गा उत्खनन् का लागि सरकार संग भएको सम्झौता सार्वजनिक गर्न र समस्याको दिर्घकालिन समाधानका लागि दुवै जिल्लाका सरोकार वाला , स्थानीय र विभिन्न समितिले पटक पटक आन्दोलन र वार्ता गरेको भएपनि अझै समस्याको समाधान हुन सकेको छैन् ।

Related

स्थानिय 4208285311780954172

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item