सिन्धुलीमा हुने महायज्ञमा तिन करोड उठ्ने अपेक्षा


मिनकुमार दाहाल,
 सिन्धुली,चैत ३
कृषि क्याम्पस स्थापनको लागी वरुणदेवी माध्यमिक विद्यालय खट्टारले चैत पाँच गते देखी संचालन गर्न लागेको श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञमा चन्दादातावाट करिव तिन करोड रुपैंया उठ्ने अपेक्षा गरेको आयोजक विद्यालयले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । महायज्ञ संचालन गर्नु पुर्वनै एक करोड वरावरको जग्गा दान दिने आश्वासन दाताहरुले दिएको वरुणदेवी माध्यमिक विद्यालय का विद्यालय व्यवस्थापन समिती अध्यक्ष चुडामणि श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महायज्ञ संचालन गर्न करिव २५ लाख रुपैयाँ खर्च लाग्ने सो पत्रकार सम्मेलनमा कार्यक्रम आयोजक विद्यालयले जानकारी गराएको छ । कृषि क्याम्पस संचालन गर्न करिव पाँच करोड रुपैयाँ लाग्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठले वताउनुभयो । 
कृषि क्याम्पस संचालनको लागी आवश्यक पर्ने पुर्वाधार तयार गर्न एक वर्ष लाग्ने भएकोले अर्को शैक्षिक सत्रवाट कृषि क्याम्पस संचालन गर्ने तयारीका भैरहेको विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठले वताउनुभयो । जनकपुर अन्चलकै एक मात्र कृषि क्याम्पस स्थापना गर्न लागीएकोले धनुषा,महोत्तरी,सर्लाही,रामेछाप,दोलखा जिल्लावाट सहयोग उत्तिकै आउने अपेक्षा विद्यालयले राखेको प्रधानाध्यापक श्रेष्ठले वताउनुभयो । महायज्ञवाट उठेको रकम सिन्धुलीवासीको निर्णय अनुसार मात्रै खर्च गर्ने प्रतिवद्धता पत्रकार सम्मेलनमा जनाइएको छ । कृषि क्याम्पस स्थापनाको उदेश्य भन्दा वाहेक यज्ञमा उठेको पैसा खर्च नहुँने दाता मानुभावहरुलाई विद्यालय विश्वस्त पार्न चाहन्छु  प्रधानाध्यापकले पत्रकार सम्मेलनमा भन्नुभयो ।  देशको मेरु दण्डको रुपमा रहेको कृषि क्षेत्रलाई अगाडी वढाउन विज्ञ उत्पादन गर्ने कृषि कलेज स्थापनको लागी सवै क्षेत्रले सकेको सहयोग गर्ने आसा विद्यालयले गरेको छ ।
कृषि प्रणालीमा आधुनिकता दक्ष प्राविधिकको उपलव्धता भन्ने मुलनाराका साथ कृषी क्याम्पस स्थापना गर्न महायज्ञको आयोजन गर्न लागीएको छ । आगामी शैशिक सत्रदेखी कृषि विषयमा उच्च माध्यमिक शिक्षा संचालन पछि क्रमश कृषि विषयमा स्नातक तहका कक्षा संचालन गरी वालीविज्ञान,वागवानी,पशुविज्ञान,मत्स्य,माहुरी तथा कुखुरा पालन विषयका कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।  जिल्लाका जनसमुदाय,संघ,संस्था,सरकारी कार्यालयलाई कृषि क्याम्पस स्थापनको लागी सहयोग पुग्ने भएकाले आजिवन,विशिष्ठ सदस्यता लिइदिन विद्यालयले आग्रह गरेको छ । दाताले जिन्सी,भुमिदान तथा तुलादान गर्न सक्ने आयोजकहरुले वताएका छन् । कृषि क्याम्पस स्थापनको लागी आयोजन गर्न लागीएको श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञमा वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेलले प्रवचन दिने भएका छन् । 

Related

प्रमूखखबरहरु 4154075355251457461

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item