खैजडी बाजा बजाएर भजन गाउँदै नाच्ने चलन हराउँदै
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_8769.html
सुरेश बिडारी
सर्लाही,चैत ३
सर्लाहीका वृद्ध वृद्धाहरु खैजडी बाजा बजाएर भजन गाउँदै नाच्ने चलन हराउँदै गएपछि चिन्तित भएका छन् । केही वर्ष अघि सम्म भजन गाउँदै खैजडी बाजा बजाएर नाच्ने चलन लोकप्रीय भएको भएपनि अहिले त्यसो हुन छाडेकोले आफूहरु चिन्तामा परेको बताएका छन् ।
आफुहरुले केही गर्न सक्ने हुँदा छिमेकी गाँउका मानिसहरुसंग मिलेर विभिन्न पुजापाठ, सप्ताह, तथा अन्य विभिन्न चाडपर्वहरुमा खैजडी बजाएर नाच्ने गरेको भएपनि अहिले लोप हुँदै गएको कालिन्जोरका ८१ बर्षिय घनस्याम बरालले गुनासो गर्नुभयो । आधुनीक बाजा भित्रिएको र युवाहरु बढी पश्चिमेली संस्कृति तर्फ आकर्षित भएकोले यस्तो भएको बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !