रेलमार्ग निर्माणका लागि २ अर्ब ३८ करोड भारतीय रुपैया बिनियोजन


सुरेश बिडारी,सर्लाही,चैत ३

भारत सरकारले नेपालका विभिन्न दुइ स्थानमा रेलमार्ग निर्माणका लागि २ अर्ब ३८ करोड भारतीय रुपैया बिनियोजन गरेको छ । जयनगर–बिजलपुरा–बर्दीबास सम्मको ५९ किलोमिटर लामो रेलमार्ग र बिराटनगर जोगबनी रेलमार्गकाको लागि २ अर्ब ३८ करोड भारतीय रुपैया बिनियोजन गरिएको हो । आर्थिक संकटबाट गुज्रीरहेको भारतीय रेल सेवाको ८१ आंै बजेट पेस गर्दै भारतीय रेल मन्त्री दिनेश त्रिवेदीले नेपालका दुइ स्थानमा रेलमार्ग निर्माणका लागि रकम छुट्ट्याइएको जानकारी बुधबार नै गराइसक्नु भएको छ । लामो समयदेखि नेपाल र भारतको सीमावर्ती क्षेत्रमा राजनीतिकर्मी र उद्योगी ब्यवसायीहरुले रेलमार्गलाई बिस्तारगरी ब्रोडगेज बनाउन भारत सरकारलाई आग्रह गर्दै आएका छन ।

 भारतीय सीमामा रेल्वेको कार्य सुरु भइसकेपनि नेपाली क्षेत्रमा जग्गा अधिग्रहण लगायतका कार्यहरु हुन सकेको छैन । स्थानीय बासिन्दाहरुले सुकुम्बासीहरुको उठिबास लगाएर गरिने विकासको सर्मथन नगरिने बताउँदै आएका छन् । जग्गा अधिग्रहण र मूल स्टेशन निर्माणको स्थानबारे समेत अन्योल रहेको पाइएको छ । भारतले जग्गा अधिग्रहण लगायतको कार्यहरुलाई समयमै पुरा गर्न नेपाल सरकारलाई आगह्र गर्दै आएको छ भने नेपालले रेलमार्ग निर्माणकोे कार्यलाई अगाडी बढाउन छुट्टै रेल विभाग पनि बनाएको छ । तर रेलको विकासको बाधक रहेका केहि कर्मचारीहरले रेल महाप्रबन्धकलाई हाजिर गर्न नदिई अबरोध खडा गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । नेपाली पक्षबाट सकारात्मक रुपमा काम अगाडी बढे निर्धारित समयभित्रै रेल ब्रोडगेजको कार्य पुरा हुने बुझिएको छ ।

Related

प्रमूखखबरहरु 2427212878582634065

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item