एमालेले सरकार विरुद्ध देशब्यापी आन्दोलन गर्ने



काठमाण्डौ,भदौ २५ । 

नेकपा एमालेले सरकार विरुद्ध देशब्यापी आन्दोलन गर्ने भएको छ । सरकार विरुद्ध गर्ने आन्दोलनको तयारीका विषयमा आज पार्टी नेतृत्वले जनवर्गीय संघगठनका पदाधिकारीहरुसँग छलफल गर्दैछ । अहिले केहीबेरमा पार्टी कार्यालय बल्खुमा हुने छलफलमा सरकार विरुद्ध गर्ने आन्दोलन र त्यसको स्वरुपका विषयमा छलफल हुनेछ । 

जनवर्गीय संगठनसँग छलफल गरेपछि केही दिनमै पार्टी स्थायी समितिको बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । छलफलमा अध्यक्ष झलनाथ खनालले देशभरी गर्ने जनपरिचालनका विषयका जनवर्गीय संगठनका पदाधिकारीबाट जानकारी लिने र थप निर्देशन दिने कार्यक्रम छ । 



Related

राष्ट्रिय 331939188861321162

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item