माओवादीले विश्वासको वातावरण नबनाए सहमति हुदैन : कोइराला




म्याग्दी,भदौ २५ ।

नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीले विश्वासको वातावरण तयार नगरेसम्म अब कुनैपनि सहमति हुन नसक्ने बताउनुभएको छ । आज प्रेस युनियन म्याग्दीले गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले एकीकृत माओवादीसँग १२ बँदे देखि पाँच बँुदे सहमतिसम्म आइपुग्दा कुनैपनि सहमति कार्यान्वयन नभएको टिप्पणी गर्नुभयो । विगतका सहमतिलाई आधार मानेर अव विश्वासको वातावरण तयार भए मात्रै सहमति हुन सक्ने कोइरालाको भनाई छ ।
 आफूले पटक पटक प्रचण्डलाई सहमति कार्यान्वयनको लागि आग्रह गरेपनि प्रचण्डले आश्वासन मात्रै दिने गरेको कोइरालाले आरोप लगाउनुभयो । सभापति कोइरालाले अव अन्तर्राष्ट्रिय समुदायको रोहोवरमा  मात्रै एकीकृत माओवादीसँग सहमति गर्ने बताउनुभयो । राष्ट्रिय सहमतीको लागि कांग्रेसको पहिलो सर्त प्रधानमन्त्रीको राजीनामा भएको कोइरालाको भनाइ छ । सहमतिय सरकार निर्माण भएपछि मात्रै नयाँ निर्वाचनमा जानुपर्ने कोइरालाको तर्क गर्नुभयो । कांग्रेसलाई प्रधानमन्त्रीको उमेद्वार चयन गर्न कुनै हतार नभएको बरु सहमति र जारी राजनीतिक निकासको चिन्ता भएको कोइरालाले बताउनुभयो ।    


Related

राष्ट्रिय 1632860689437866433

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item