नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा
http://sindhulidarpan.blogspot.com/2012/09/sports_10.html
काठमाण्डौ,भदौ २५ ।
नेपाल लगातार दोस्रो जितसँगै दोस्रो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकामा जारी खेलमा आज माल्दिभ्सलाई ५–०ले हराउँदै नेपाली महिला टिमले सेमिफाइनलको यात्रा तय गरेको हो । आजको खेलमा नेपालको लागि कप्तान जमुना गुरुङले तीन गोल गर्दै लगातार ह्याट्रिक गरिन । अनु लामा र दीपा अधिकारीले एक–एक गोल गरिन । नेपालले समूह चरणको तेस्रो खेलमा पर्सी अफगानिस्तानसँग खेल्नेछ । अस्ति समूह ’बी’मा नेपालले पहिलो खेलमा पाकिस्तानलाई ८–० ले हराएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !