फेसबुकविरुद्ध याहूको मुद्दा


इन्टरनेट कम्पनी याहूले आफ्नो दश पेटेन्ट अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै फेसबुकविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायरसँगै प्रख्यात दुई इन्टरनेट कम्पनी याहू र फेसबुकबीचको विवाद अब अदालतसम्म पुगेको हो । 

सन्देश पठाउने, विज्ञापन देखाउने, समाचारको जानकारी दिने, जालसाजी रोक्ने तथा आफ्नो मौलिक जानकारी बचाउने जस्ता आफ्नो बौद्धिक प्राधिकार फेसबुकले प्रयोग गरिरहेको आरोप याहूले लगाएको छ । फेसबुकले भने याहूको यो आरोप अस्वीकार गरेको छ । फेसबुकले भने लामो समयसम्म व्यापारिक साझेदार रहँदा दुबै कम्पनीलाई फाइदा पुगेको स्मरण गराउँदै याहूको यस कदमबाट आफु निराश भएको प्रतिक्रिया दिएको छ ।  यसअघि सन् २००४ मा पनि याहूको गुगलसँग यस्तै विवाद हुँदा इन्टरनेट संसारमा तरंग पैदा भएको थियो ।

Related

प्रविधि 1939613365156683559

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item