कन्ट्रक्सनले ज्यादती गरेको भन्दै आक्रोश
http://sindhulidarpan.blogspot.com/2012/03/maruty-cement.html
ऋषि राई,
उदयपुर,फागुन ३०
सिराहाको चन्द्रोदयपुर स्थित मारुती सिमेण्ट फ्याक्ट्रीका लागि चुनढुङ्गा ढुवानी गर्ने ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सन उदयपुर कटारी १ ले विभिन्न विषयमा ज्यादती गर्दै आएको भन्दै कटारीमा गठित चुनढुंङ्गा ढुवानी तथा दुर्घटना पिडित संघर्ष समितिले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
उदयपुर,फागुन ३०
सिराहाको चन्द्रोदयपुर स्थित मारुती सिमेण्ट फ्याक्ट्रीका लागि चुनढुङ्गा ढुवानी गर्ने ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सन उदयपुर कटारी १ ले विभिन्न विषयमा ज्यादती गर्दै आएको भन्दै कटारीमा गठित चुनढुंङ्गा ढुवानी तथा दुर्घटना पिडित संघर्ष समितिले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेको छ । समितिका संयोजक राजेशचन्द्र श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा कन्ट्रक्सनको चुनढुंङ्गा ढुवानी गर्ने ट्रिप्परले सडक क्षमता भन्दा वढि चुनढुँङ्गा वोक्ने गरेकै कारण सिद्धिचरण राजमार्गको कटारी मिर्चेया सडक खण्ड जीर्ण वन्नुका साथै दुर्घटना वढेको ले तक्ताल छलफल गरी समस्याको निकास निकाल्न उल्लेख गरीएको छ ।
आधादशक पहिले देखि सिन्धुलीको ककुठाकुर स्थित खानी देखि चुनढुंङ्गा ढुवानी गर्दा दुवै जिल्लाका गाविसका स्थानीय हरुमा वातावरणीय तथा मानवीय क्षति भएकाले कन्ट्रक्सन ले सरकार संग गरेको सम्झौतापत्र तक्ताल स्थानीयलाई सार्वजनिक गर्नु पर्ने समेत उल्लेख गरीएको छ । विज्ञप्ति जारी गर्दै हानी नोक्सानीको वारेमा जिल्ला प्रशासन कार्यलय उदयपुर , र सिराहा , सिन्धुली खानी विभाग , सडक विभाग वातावरण मन्त्रालय , सम्वन्धित जिल्ला विकास समिति संग छलफल गर्न समेत अनुरोध गरीएको छ ।
ट्रिप्परको ज्यादती कै कारण सडक दुर्घटना वढ्ने गर्नुका साथै गत शुक्रवार मात्रै कटारीका कर्ण वहादुर थापा मगरको घटनास्थलमै मृत्यु भएको थियो । मृतक परिवारलाई तक्ताल उचित क्षतिपुर्ति दिन पर्ने माग समेत विज्ञप्ती मा उल्लेख छ । कन्ट्रक्सन को ज्यादती भन्दै दुवै जिल्लामा पटक पटक विभिन्न समिति गठन गरी वार्ता र छलफल ‘हुने गरेको भएपनि दिर्घकालिन समस्याको समाधान भने अझै हुन सकेको छैन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !