घोषित नगरपालीकाको गाँउ परिषद सम्पन्न


ऋषि राई , 
उदयपुर,फागुन ३० 

जिल्लाकै दोस्रो व्यापारिक केन्द्र संगै सगरमाथाको प्रवेशद्धार भनेर चिनिने कटारी को संघीय गणतन्त्र पछिको पाँचौ गाँउ परिषद सोमवार सम्पन्न भएको छ । उदयपुर क्षेत्र नम्वर ३ वाट प्रत्यक्ष निर्वाचित माननीय सभाषद मोहन वहादुर खत्रीको प्रमुख आतित्थ्यमा परिषद सम्पन्न भएको हो । 
प्रमुख अतिथिको रुपमा वोल्दै खत्रीले कटारी र त्रिवेणी गाविस लाई समायोजन गरी स्थानीय विकास मन्त्रालय ले कटारी नगरपालीका घोषणा गरेपनि राजनितिक सहमति हुन नसकेको कारण कार्यन्वयन हुन नसकेको वताए । नगरपालीका घोषणा भएपनि सरकारले कार्यन्वयन गर्न नसक्दा कटारी गाँउ परिषद समयमा हुन नसकेको गाविस सचिव गँगाप्रसाद पोखरेलले वताए । फागुन २३ मा नै जिल्ला परिषद सम्पन्न भएका कारण पनि गाँउ परिषदको महत्व खुम्चिदैं गएको परिषदका वक्ताहरुको धारणा थियो । 
परिषदमा कटारी लागुपदार्थ दुव्र्यसनी प्रयोगकर्ताहरुको नगर वन्दै गएकोले भावी कार्ययोजना तयार गनुपर्ने नेपाली काँग्रेसका कटारी नगर सभापति गोपि पराजुलीले वताए  । त्यसैगरी कृषि विकास वैंकले कृषकलाई सहुलिएत दरमा ऋण उपलव्ध गराउनुको साटो व्यापारीलाई कमिसनमा ऋण दिने गरेको मा नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण थापाले आक्रोस पोखेको थिए ।परिषदमा वोल्ने अधिकाँशले मारुती सिमेण्टका लागि चुनढुँगा ढुवानी गर्ने कन्ट्रक्सनले ज्यादती गरेको भन्दै तक्ताल वैकल्पिक वाटो सञ्चालनमा नल्याए कटारी मिर्चैया सडक खण्डमा ट्रिप्पर सञ्चालन गर्न रोक लगाउनुपर्ने धारणा राखेका थिए ।
 परिषदले चालुगत तर्फ ४ लाख २५ हजार र पूँजीगत तर्फ २८ लाख ५२ हजार गरी ३३ लाख ८१ हजारको वजेट विनियोजन गरिएको छ । जसमा लक्षित कार्यक्रम अन्तर्गत १४ लाख २६ हजार २ सय ७० , भौतिक तर्फ १४ लाख २६ हजार २ सय ७० र समपुरक कोषमा ५ लाख विनियोजन गरिएको छ । लक्षित वर्गमा महिला शसक्तिकरण र विकासमा २ लाख ८५ हजार २ सय ५४ , आदिवासी जनजाति , दलित , युवा तथ खेलकुद र मधेसी मुस्लिम शसक्तिकरण मा ४ लाख २७ हजार ८ सय ८१ रकम विनियोजन गरिएको छ । त्यसैगरी भौतिक पूर्वाधार तर्फ क्रमागत  योजनालाई बसपार्क निर्माण गर्न ४ लाख ६३ हजार १ सय ३५ र कटारी ३ मा विद्युत विस्तार गर्न १ लाख विनियोजन गरिएको  छ । 
यसका साथै गाविस ले गुरु योजना तयार गर्ने समेत निर्णय गरेको छ । गुरु योजना अन्र्तगत चालु अर्थिक वर्षदेखि घडेरी सेवा तथा व्यवसाय कर लागु गर्ने , घडेरी प्लानिङ् गर्ने , सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्ने र धार्मिक पुरातात्विक महत्वका स्थानहरुको पहिचान गरी संरक्षण गर्ने योजना वनाएको सचिव पोखरेलले जानकारी दिएका छन् । परिषदमा कटारी का राजनितिक दलका प्रतिनिधिहरु ,  आदिवासी जनजाति प्रतिनिधि ,दलित प्रतिनिधि , महिला सञ्जाल का प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि हरु , अगुवा कृषक हरु को उल्लेख्य उपस्थिति रहेको थियो ।


Related

विविध 2865945590375305642

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item