रिमेक फ्लपले रोकियो आर्यनको डेब्यु


काठमाडौं,फागुन ३० 
बंगाली सिनेमामा अभिनेता आर्यन सिग्देलको सम्भावित डेब्यु रोकिएको छ । बंगाली सिनेमा कम्पनी देव क्रिएसनले यो रोकावट औंल्याएको हो । पाँच लाखमा रिमेक राइट खरिद गरिएको नेपाली सिनेमा ‘कसले चोर्‍यो मेरो मन’को बंगाली रिमेक सिनेमा फ्लप बनेपछि आर्यनलाई लिने कम्पनीको पूर्वसर्त उल्टिएको हो । रिमेक गर्दाको सिनेमाको खर्च १५ लाख मार्क भएको थियो ।

तर, बंगालका हलहरूमा सिनेमा चारदिन पनि चलेन । अकुपेन्सी डिजास्टर भैदियो । उल्टै देव क्रिएसनलाई २४ लाख घाटा लाग्यो । बंगाली डबिङ, सेन्सर, बंगाली दृश्य र एनिमेसन खर्चसहित हलबाट सिनेमा झिक्दा समेतको खर्च निर्माताले आफ्नै गोजीबाट पैसा झिक्नुप¥यो । देव क्रिएसनका टीकम शर्माले सिनेमा हिट भए आर्यनलाई लिने अभिव्यक्ति रिमेक राइट खरिदताका मेरोसिनेमालाई बताएका थिए । 

‘आर्यन नचलेर उक्त बंगाली सिनेमा फ्लप भएको हो’ स्रोत भन्छ, ‘बंगाली लुक्स भैदिएको भएपनि केही राहत पुग्थ्यो ।’ उक्त सिनेमाको नेपाली ‘कसले चोर्‍यो मेरो मन’ले भने नेपालमा सन्तोषजनक आम्दानी गरेको थियो । डेब्यु नगर्दै आर्यनको पारिश्रमिकको चर्चा पनि थियो । तर, पछिल्लो समय स्वयम आर्यनबाटै यस कुराको चर्चा सुनिएको थिएन ।  -  मेरोसिनेमा, 

Related

मनोरञ्जन 5148265941817829276

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item