अचम्म ! एउटै व्यक्तिलाई ६ हजार ६० वर्षको जेल सजाय


काठमाण्डौ,फागुन ३० 

 ग्वाटेमालाका एक सैनिकलाई ६ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाईएको छ । सन् १९८२ मा भएको नरसंहारमा २ सय १ जनाको हत्या गरेको आरोपमा सैनिक पेड्रो पिमेन्टेल रायोसलाई ६ हजार ६० वर्षको जेल सजाय सुनाईएको हो । 

स्थानिय अदालतले एक जनाको हत्याको ३० वर्षका दरले ६ हजार ३० र मानवता विरुद्धको अपराधका लागि थप ३० वर्षको जेल सजायको फैसला गरेको समाचार संस्था एपीले जनाएको छ । रायोसको उमेर अहिले ५४ वर्ष छ । 

यसअघि अदालतले विशेष फोर्सका तीन जना सैनिकलाई ६ हजार ६० र एक जना सेकेन्ड लेफ्टिनेन्टलाई ६ हजार ६६ वर्षको सजाय तोकेको थियो । ग्वाटेमालामा ३६ वर्ष चलेको गृहयुद्धमा २ लाख मानिसले ज्यान गुमाएका थिए । सन् १९९६ मा गृहयुद्ध समाप्त भएको थियो । –एजेन्सीको सहयोगमा

Related

प्रमूखखबरहरु 4870942894221209668

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item