१९ वर्ष मुनिको क्रिकेटमा नेपाल पराजित
http://sindhulidarpan.blogspot.com/2012/08/sports_13.html
काठमाण्डौ,साउन २९ ।
१९ वर्ष मुनिकाको विश्वकप क्रिकेटको आजको पहिलो खेलमा नेपाल भारी अन्तरले पराजित भएको छ । नेपाललाई घरेलु टोली अष्ट्रेलियाले २ सय १२ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल २३ दशमलव ५ ओभर खेल्दै ८२ रन बनाउँदा अल आउट भयो ।
नेपालका लागि सागर पुनले २२ तथा राजेश पुलामीले २१ बनाए । यस्तै हसिम अन्सारी र सुवास खकुरेलले १२/१२ रन बनाउनुबाहेक नेपालका अन्य खेलाडीले दुई अंकको रनसमेत बनाउन सकेनन् । नेपालका अविनाश कर्ण, पृथु बास्कोटा र नरेश बुढाऐरले १ रन पनि बनाउन सकेनन् भने प्रदिप ऐरी र कृष्ण कार्कीले १÷१ रन बनाए भने राहुल विश्वकर्माले जम्मा २ रन बनाए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । नेपालका प्रदिप ऐरी र राहुल विश्वकर्माले अष्ट्रेलियाको २÷२ विकेट झारेका थिए । तर, बलिङमा जम्न नसकेको नेपालको व्याटिङ समेत जम्न नसकेपछि भारी अन्तरको हार बेहोर्नुपरेको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !