सिन्धुली जिल्ला अस्पतालमा लामखुट्टे बढ्दो



चीना थापा, सिन्धुली,साउन ३० ।
सिन्धुली जिल्ला अस्पतालमा लामखुट्टेको टोकाइबाट विरामी र कुरुवा हैरान भएका छन । बिरामी श्रीमानलाई कुर्न बस्नुभएकी लक्ष्मी राउत लामखुट्टे मार्दा मार्दै रात बितेको बताउनुहुन्छ । श्रीमान  बिरामी भएर कुर्न बस्ता आफै विरामी परेको उहाँ वताउनुहुन्छ । बिरामी भएर भर्ना भएका राजन राउतलाई लामखुट्टेण्को टोकाईबाट अर्कै रोग लाग्ने डरले झन सताएको वताउनुहुन्छ । मौरीको गोलो जस्तै लामखुट्टे आउँछ अनि कसरी सुत्नु उहाँले प्रश्न गर्नुभयो । 

अस्पतालमा ज्वरो, रुघाखोकी, दम तथा अन्य रोगका विरामी वढीमात्रमा आउने गरेका छन । जिल्ला अस्पताल सिन्धुलीका डा.छविलाल थापामगर भने झुलको व्यावस्था आफुले  गर्ने नसक्ने वताउनुभयो । आर्थीक श्रोत नभएकाले समस्या भएको उहाँँले वताउनुभयो ।  अस्पतालको हाताभित्र फोहोर धेरै भएका कारण लामखुट्टे बढेको बिरामी कुरुवाहरुको भनाई छ । अस्पतालभित्र माकुराको जालो तथा फोहोरका कारण पनि लामखुट्टेको प्रकोप बढेको विरामीहरुले आरोप लगाएका छन ।

Related

स्थानिय 1296351190918359573

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item