६५ बर्षिय बृद्धद्धारा वालिका बलात्कृत
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_1973.html
विदुर पौडेल,सिन्धुली,साउन ३० ।
सिन्धुलीको ककरुठाकुर गाविस ८ का ६५ वर्षीय वृद्ध मानबहादुर तामाङले ९ बर्षिय बालिका सानुमायालाई ( नाम परिवर्तित ) लाई बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ ।
दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउने बाबुआमा दाउरा बेच्न कटारी बजार गएको मौका पारेर बालिकालाई घरमै डरधम्की दिएर बलात्कार गरी गम्भीर घाईते बनाएको पीडित परिवारले जनाएको छ । घट्नापछि कसैलाई नभन्न पनि पीडकले धम्की दिएका ति वालिकाले वताईन । धम्कीका कारण पीडितले बाबुआमा र छिमेकका कसैलाई पनि नभनि एक हप्ता सम्म घटना गोप्य नै राखेकी थिईन । स्थानीय नमूना क्लवका केही सदस्यले यसको जानकारी पाएपछि घट्नाको रहस्य खुलेको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयका अनुसार अभियुक्तले दिएको धम्कीका कारण आफ्नो पीडा कसैलाई नबताए पनि दिनदिनै झोक्राउने, नबोल्ने र विरामी परेजस्तो गर्न थालेपछि साथीसँगीले सोधखोज गर्दा घट्ना बाहिर आएको हो । घट्नाको जानकारी पाए पनि पीडकका छोरा जददिशलगायत तामाङ परिवारले उल्टै घटनाबारे कुरा नफैलाउन पीडित परिवार र गाउँलेलाई दबाब दिदै आएको स्थानीयले बताएका छन ।
बालिकाको कटारीको अस्पतालमा स्वास्थ्य परिक्षण गरी सकेको र रिपोर्ट आउनबाकीँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । अभियुक्त मानबहादुर तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !