प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई कालो झण्डा
http://sindhulidarpan.blogspot.com/2012/08/news_14.html
झडपमा दुई विद्यार्थी घाईत
काठमाडौं, साउन ३० । कामचलाउ सरकार विरुद्ध सडक आन्दोलन गर्दै आएका विपक्षी दल आवद्ध युवा÷विद्यार्थीले काभ्रेको वनेपामा प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डादेखाएर विरोध प्रदर्शन गरेका छन् ।
वनेपाका विभिन्न तीन स्थानमा आज विहान युवा/विद्यार्थीले प्रधानमन्त्री भट्टराई र शिक्षा मन्त्री दीनानाथ शर्मालाई रोकेर कालो झण्डा देखाएका हुन् । काठमाडौं विश्व विद्यालयको सिनेट बैठकमा सहभागी हुन पुगेका भट्टराई र शर्मालाई यवा÷विद्यार्थीले कालो झण्डा देखाउने क्रममा प्रहरी र प्रदर्शनकारीवीच झडप समेत भएको छ ।
प्रहरीसँगको झडपमा दुई विद्यार्थी घाईते भएका छन् । घाईते हुनेमा जेनिस लामा र रविन अधिकारी रहेका छन् । प्रधानमन्त्री भट्टराई र शिक्षा मन्त्री शर्मालाई कालो झण्डादेखाको अभियोगमा प्रहरीले तीन जना युवा÷विद्यार्थीलाई पक्राउ समेत गरेको छ । पक्राउ परेका आफ्ना सहकर्मी रिहाई माग गर्दै युवा÷विद्यार्थीले केही समय विरोध प्रदर्शन समेत गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !