मलेसियामा नेपालीको हत्या
http://sindhulidarpan.blogspot.com/2012/08/death_14.html
ताप्लेजुङ,साउन ३० । रोजगारीका लागि मलेसिया पुगेका ताप्लेजुङका एक व्यक्तिको हत्या भएको छ । फुङलिङ–७ का ३३ वर्षिय कुमार फुरुम्बूको मलेसियामा शनिबार राति मृत्यु भएको हो । उनीमाथि दुई साता अघि छुरा प्रहार भएको थियो ।
मलेसियाको सुगाइवेकाव सहरको मुनापेपर मिलमा कार्यरत उनी नेपाली साथीको झगडा छुट्याउन जा“दा झगडा गर्नेको छुरा प्रहारबाट घाइते बनेका थिए । उनको उपचारका क्रममा शनिबार राति ज्यान गएको उनीस“गै काम गर्ने धनकुटाका भक्तबहादुर लिम्बूले टेलिफोनमा जानकारी दिए । लिम्बूका अनुसार झगडा गर्ने नेपाली भए पनि परिचय खुलेको छैन । मृतकका पत्नी र एक छोरी ऋतु रहेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !