ग्यास उद्योगी सहमतिमा नआए सरकारले बल प्रयोग गर्ने


 काठमाण्डौ,साउन २९ । 

आजको वार्तामा ग्यास उद्योगी सहमतिमा नआए बल प्रयोग गरेर भए पनि सरकारले ग्याँसको सहज आपूर्ति गराउने भएको छ । ग्याँस उद्योगी व्यवासायीले उठाएका केही माग तत्कालै सम्बोधन गर्ने अवस्था नभएका कारण त्यही मागमा अडान राखे बल प्रयोग गर्ने बारेमा सरकारी अधिकारीले तयारी गरेका छन् । सहमतिको लागि उद्योगी, व्यवसायी र सरकारबीच आज दिउँसो तीन बजे फेरि वार्ता हुँदैछ । वार्तामा सरकारका तर्फबाट सहभागी वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद विडारीले  आजको वार्तामा सहमति नभए बल प्रयोग गरेर भए पनि अघि बढ्ने तयारी भएको बताउनुभयो । 

विडारीका अनुसार सहमति नभएको अवस्थामा आवश्यक कारबाहीको लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालयलाई आग्रह गर्ने तयारी गरेको छ । हिजोको वार्ता समयाभावका कारण निष्कर्षमा पुग्न नसकेपछि आजसम्मको लागि स्थगित भएको थियो । एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात नियमित हुनुपर्ने, ग्यास उपभोक्ताका लागि जनचेतना कार्यक्रम ल्याउनुपर्ने, उद्योगी, बिक्रेता,उपभोक्ता, सिलिण्डर निर्मातालाई छुट्टाछुट्टै दायित्व कायम गर्ने गरी कानून बनाउनुपर्ने, तीन वर्षदेखि हुन नसकेको मूल्य समायोजन गर्नुपर्ने, लगायतका १६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएको छ ।


Related

विविध 6981906830115478009

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item