पत्रकार महासङ्घको भवन निर्माण खर्च सरकारले व्यहोर्ने अर्थमन्त्री
http://sindhulidarpan.blogspot.com/2012/08/news_53.html
काठमाण्डौ,साउन २९ ।
अर्थमन्त्री वर्षान पुनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय भवन निर्माणमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता जनाउनु भएको छ । महासंघको निर्माणाधीन भवनको आज विहान निरीक्षण गर्दै मन्त्री पुनले आवश्यक खर्च सरकारले व्यहोर्ने बताउनुभयो । तिलगङ्गास्थित सञ्चारग्राममा पत्रकार महासङ्घले आधुनिक सुविधा सम्पन्न भवन बनाउन लागेको हो ।
अर्थन्त्री पुनले महासंघको भवन नेपाली पत्रकारिताको अवस्था देखाउने साङ्केतिक आधार भएकोले नेपाली पत्रकारहरुको व्यवसायिक दक्षता र स्वाभीमानको लागि पनि भवनमा लाग्ने खर्च व्यहोर्नु सरकारको दायित्व हुने बताएको महासंघका अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो । अध्यक्ष गाउँलेले पत्रकार महासंघको भवन निर्माणमा सघाउने अर्थमनत्रीको प्रतिवद्वता सकारात्मक रहेकोभन्दै पत्रकारको क्षमता अभिवृद्धि र भौतिक सुधारमा पनि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । करिब ४ करोड १० लाख अनुमानित लागतमा निर्माण सुरु गरिएको महासंघको भवन निर्माणका लागि गत वर्ष सरकारले १ करोड रुपैयाँ दिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !