नेपाली तिर्थयात्री बोकेको बस भारतमा दुर्घटना, सात जनाको मृत्यु


धैर्यकान्त दत्त, जनकपुर,साउन २९ । 

नेपाली तिर्थालु बोकेको बस भारतको सीतामढी जिल्लामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यद्यपी भारतीय सञ्चार माध्यमहरुले भने दुर्घटनामा आठ जनाको मृत्यु भएको खबर प्रकाशन तथा प्रसारण गरिरहेका छन् । धनुषाको रघुनाथपुरबाट तिर्थालु लिएर भारतको झारखण्डस्थित बाबाधाम गएको ज १ ख ६७८ नम्बरको बस फर्कनेक्रममा भिठ्ठामोड सीतामढी सडक खण्डको कुम्मा भन्ने स्थानमा आज बिहान ८ बजे दुर्घनामा परेको हो ।

 बसमा सबार मध्ये सात जनाको घटना स्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका यात्रीहरुको उपचार सीतामढी सदरअस्पतालमा भइरहेको छ । पानीले भरिएको डाइभर्सनबाट आउनेक्रममा बस अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले जनाएका छन् । घाइतेहरुको भारतीय प्रहरी र स्थानियवासिले उद्धार गरेका थिए । घटनामा ज्यान गुमाउनेहरुको नाम खुल्न नसकेको भए पनि उनीहरु सबै रघुनाथपुरका रहेको बताइएको छ ।



Related

राष्ट्रिय 6908656380975530801

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item