खुलेर नबोल्दानै यौन समस्या


उमा पौडेल,सिन्धुली,साउन २९ । 
किशोर किसोरीहरुले यौन तथा प्रजननका बिषयमा खुलेर नबोल्ने भएकोले अनुसन्धानबाट यौन र प्रजननका समस्याहरु कम देखिने गरेको आईतवार सिन्धुलीमाढीमा भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । किसोरावस्थाकै ब्यक्तिलाई यौन र प्रजननका बिषयमा दक्ष बनाउने र उनीहरुलाई नै किसोरावस्थाको यौन र प्रजननका बिषयमा परामर्श लगायतका कार्यक्रममा सहभागि गराउने हो भने समस्याहरु निर्धक्क सँग बाहिर आउनेमा उनीहरुले जोड दिएका हुन् ।

 किसोरअवस्थाको यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमको बिषयमा सिन्धुलीमाढीमा भएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सिन्धुली जिल्लाका बिभिन्न २४ स्वास्थ्य संस्थाहरुमा संचालीत कार्यक्रमलाई ब्यवस्थित बनाउने बिषयमा समेत छलफल भएको थियो । छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका अधिकृत बालकृष्ण सेडाईले हरेक ब्यक्तिले यौन र प्रजननको बिषयमा जानकारी लिन पाउनु उसको अधिकार भएकोमा जोड दिनुभयो । कार्यक्रममा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्य कर्मि , सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी , पत्रकार लगायतको सहभागिता रहेको थियो । 

Related

स्थानिय 7163608477876338514

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item