महिलाहरुको नेतृत्व गर्दै चिन्तादेवी दाहाल



-
 नामनै चिन्तादेवि त्यसैले आफु र आफ्नो समाजको निम्ति सधै चिन्तनशिल छु । यो भनाइ भीमस्थान गाविसमा रहेको अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिं की संस्थापक समितिकी अध्यक्ष चिन्तादेवि दाहालको हो । २०२२ साल श्रावण २४ गतेका दिन सिन्धुली जिल्लाको आम्वोटे गाविसमा जन्मनुभएकी उहाँ सानै देखि आफ्नो भविश्यप्रति चिन्तित रहेको बताउनुहुन्छ । शिक्षाको हिसावले टेष्ट पास गर्नुभएकी उहा वाल्यकालमा पढ्न नसकेकाले विवाहपछि श्रीमानको सहयोगले पढाइलाइ पुरा गर्ने प्रयास गरेको जानकारी दिनुहुन्छ  । अहिले भीमस्थान गाविसका महिलाहरुको नेतृत्व गर्दै आउनुभएकी उहाँ पारिवारिक व्यवहारलाइ सम्हाल्दै सहकारी , विभिन्न सहयोग संघ संस्थाहरुसंग सम्पर्क समन्वयमा व्यस्त रहेको बताउनुहुन्छ । गाउँले जनजिवन भएकाले छोरी बुहारीलाइ समाजले हेर्ने दृष्टिकोणको सामना गर्दै यहासम्म आएको उहाँ सुनाउनुहुन्छ , पहिला कोहि नयाँ मान्छे देख्यो भने घरभित्र लुक्ने गरेको कुरालाइ सम्झेर हास्दै अहिले गाविस , सरकारी निकायमा आफ्नो भनाइ हरु राख्न गाविसका सवै महिलाहरुको प्रतिनिधित्व गर्दै आउने गरेको उहाँ सुनाउनुहुन्छ । आज भन्दा करिव १४ महिना अघिवाट गाउँमा सहमति र प्लानको साझेदारीमा महिला शसक्तिकरण कार्यक्रम लागु भएपछि सहकारी व्यवस्थापन देखि गाउँका महिला दिदिवहिनीहरुको आर्थिक विकासमा लागी परेको उहा बताउनुहुन्छ ।
 दुइ छोरा दुइ छोरी सहित ६ जनाको पारिवारिक जिम्वेवारीलाइ सम्हाल्दै सहमतिको कार्यक्रम लागु नहुदा पनि समुहमार्फत गाउँका दिदिवहिनी संगै  आफ्रनो विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सधै चिन्तनशिल भएर लागेको उहाको भनाइ छ । जव सहमति र प्लानको साझेदारीमा हाम्रो गाउँमा व्यवस्थित रुपमा सहकारी सन्चालन गरियो त्यसपछि सहमति र प्लानले दिलाएको तालिम , भ्रमणको सिकाइले आफुमा नेतृत्व गर्ने क्षमता बढेको उहा बताउनुहुन्छ ।  सहकारीको अध्यक्ष थिए आफ्नो जिम्वेवारीको वारेमा केहि थाहा थिएन , जव सहमतिले आयोजना गरेको समुह व्यवस्थापन तालिम , सहकारी व्यवस्थापन तालिम , बचत तथा ऋण निति तालिम , सहकारीहरुको अध्ययन अवलोकन भ्रमण वाट लिएको सिपले मेरो जिम्वेवारी के रहेछ भन्ने ज्ञान भयो र आफुलाइ नेतृत्व तहमा जिम्वेवार भएको महसुस भएको छ उहा भन्नुहुन्छ । समाजमा महिलाहरुले बोल्यो भने नेताको उपनाम दिन्थे समुहमा बसौ साथी हो भन्दा कोहि मान्दैन थिए , धेरै गारो थियो पहिला अहिले यहाका महिला दिदीवहिनी हरु धेरै बुझ्ने भएका छौ । संस्थाको जिम्वेवारीका अलव घरपरिवारको जिम्वेवारी भएका कारण दाउरा घास मेला पातमा जादा पनि हामी समुह र सहकारीकै कुरा गर्छौ त्यसैले अव महिलाहरु धेरै बुझ्ने भइसकेको उहाँ सुनाउनुहुन्छ । सहकारीको अध्यक्ष भएका कारण मैले गाउँका दिदि वहिनीलाइ छोराछोरीका रुपमा हेरेकी छु , दिनरात घरव्यवहार नभनि सहकारीको हितका निम्ती खटेकी छु उहा भन्नुहुन्छ । सहकारीको नाममा जग्गा समेत किनिसकेको बताउदै उहाले यीनै महिला दिदिवहिनीहरुको आवाज लिइ प्रतिनिधि भएर गाउँ परिषदमा कुरा राखे २०६७ सालमा २ लाख र अहिलेको परिषदले पनि २ लाख छुट्याएका छौ यो हाम्रो उपलब्धी हो उहाको भनाइ छ । 
यदि म एक्लै आफ्नो लागी माग्न गएको भए पक्कै पाउने थिइन होला तर गाविसका सवै महिला हरुलाइ समेटी उनिहरुकोे विकास गर्ने उदेश्यले सन्चालित महिला बचत तथा ऋण सहकारीको लागी सहयोग माग्दा नदिने त कुरै थिएन सवैले सहकारीको सफलताको शुभकामना दिदै बजेट छुट्याएको उहा भन्नुहुन्छ । व्यवस्थित रुपमा सहकारी सन्चालन गरेको डेड वर्ष नपुग्दै आफ्नो सहकारीमा ६ सय शेयर सदस्य भइसकेकाले भविश्यमा बैक खोज्दै सदरमुकाम धाउनुपर्ने अवस्था नरहने उहाको विश्वास छ । सहकारीलाइ दिगो बनाउन सवै दिदिवहिनीहरु लागी परेकाले आफ्नो नेतृत्वलाइ कमजोर ठान्नुुहुन्न उहाँ । यो सवै सहमति र प्लानले सम्भव बनाइदिएको भन्दै सहमति र प्लानलाइ धन्यवादको पात्र पनि बनाउनुहुन्छ उहाँ ।
प्रस्तुती:प्रमिला वुढाथोकी 

Related

फोटोखबर 4666824011883293608

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item