सिन्धुलीका धनाढ्य पनी सुकुम्वासी भन्दै : आयोग
http://sindhulidarpan.blogspot.com/2012/04/t_2189.html
मिनकुमार दाहाल,
सिन्धुली,वैशाख ११ ।
सिन्धुली,वैशाख ११ ।
सुकुम्वासी समस्या समाधान आयोग जिल्ला समिती सिन्धुलीमा सुकुम्वासीको परिचय पत्र पाउ भन्दै कमलामाई नगरपालीका भित्र वसोवास गर्ने धनाड्य व्यक्तिहरुले पनि निवेदन दिएको सुकुम्वासी समस्या समाधान आयोगले जनाएको छ । केही दिन अघि सुकुम्वासी समस्या समाधान आयोगले सुकुम्वासीहरुको पहिचान गरी परिचय पत्र वितरण गर्ने भन्दै सुचना प्रकाशित गरेको थियो ।
सिन्धुलीको कमलामाई नगरपालीका सहित विभिन्न कमलाखोँच तथा मरिण खोला क्षेत्रका गाँउ विकास समितीहरुमा वसोवास गर्ने करिव ९ सय जनाले परिचय पत्र पाउनु पर्ने दावी गर्दै निवेदन दिएका थिए । वास्तविक सुकुम्वासी पहिचान गर्न निवेदनमाथि छानविन भैरहेको सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष टंकप्रसाद गौतमले जानकारी दिनुभयो । सुकुम्वासी भएको दावी गर्दै परेको ९ सय निवेदन मध्ये ६ सय निवेदन छानविन भैसकेको अध्यक्ष गौतमले वतावउनुभयो । ६ सय निवेदन छानविन गर्दा १५ जनाको नाममा जग्गा फेला परेको छ ।
जग्गा फेला परेका कतिपय निवेदक आफ्नै नाममा र कतिपयको अंसियारको नाममा जग्गा भेटीएको छ । सुकुम्वासी भएको भन्दै निवेदन दिने एक जना व्यक्तीको नाममा नगरपालीका भित्र १८ कट्टा जग्गा फेला परेको सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष गौतमले जानकारी दिनुभयो । सुकुम्वासी भएको भन्दै परिचय पत्रको माग गरेका व्यक्तीहरुको निवेदन जाँचवुझ गर्ने काम सके पछि वास्तविक सुकुम्वासीलाई सुकुम्वासीको पचियपत्र वितरण गरिने अध्यक्ष गौतमले वताउनुभयो ।
वास्तविक सुकुम्वासीलाई परिचयपत्रको वितरणको लागी सुकुम्वासी समस्या समाधान आयोगको केन्द्रीय कार्यालयमा सिफारिस गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । सुकुम्वासी समस्या समाधान आयोगसँग रकम अभाव हुँदा निवेदकको गाँउ टोलमा गएर सुकुम्वासी भए नभएको वुझ्न समस्या भएको उनले वताए । राज्य सुकुम्वासीको पहिचान गर भन्छ खर्च दिँदैन । कर्मचारी फिल्डमा भत्ता नपाए अनुगमन गर्न जाँदैनन् समस्या हुने भयो सुकुम्वासीको पहिचाहन गर्न गौतमले भन्नुभयो । वास्तविक सुुकुम्वासीहरुलाई मात्रै सुकुम्वासी परिचय पत्र वितरण गर्न आयोग लागी परेको गौतमको भनाई छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !