"विर्सियो सिन्धुलीले लोकगायक थापालाई"




















एसवी गौतम,
काठमाण्डौ,वैशाख ११ । 
लोक गायक कृष्ण विक्रम थापा स्वर्गारोहण हुनुभएको चार वर्ष भएको छ । पिता नरवहादुर थापा र माता रतनकुमारी थापाको कोखवाट वि स २००३ साल कात्तिक १९ गते शनिवारका दिन रतनचुरा गाविस ७ नयाँखर्कमा जन्मनुभएका गायक थापाले पुरै जिवन लोकगीतसगिंतमा सुम्पनु भएको थियो । विसं २०३६ फागुन ७ गते रेडियो नेपालद्धारा आयोजित लोक गायन प्रतिस्पर्धामा “सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कत्तिन राम्रो दरवार मार्यो नि मायाले मार्यो वोलको लोकगीतमा प्रथम स्थान हासिल गर्नु भएपश्चात  सर्वत्र चर्चा वटुल्दै लोकप्रिय भएर संचारमाध्यममा छाउनुभएका थापाले म्युजिक नेपाल मार्फत ‘तोरी लाहुरे’, ‘बाइफाले’, ‘लोकदोहोरी गफ’, ‘नेपाल रिमझिम यन्त्र’ र शित्तल छहारी जस्ता गीतहरुको एल्बमहरु पनि बजारमा ल्याउनुभएको छ ।

लोक गायक कृष्ण विक्रम थापाको नाममा सिन्धुलीका साहित्यकार अन्जुलले कृष्ण विक्रम थापा सगिंत विकास कोषको स्थापना गर्नु छ ।  जनज्योती उमावि फ्रोसेटारले विद्यालयको ४० औ वार्षिक उत्सव एवं अभिभावक दिवसको अवसरमा सम्मान स्वरुप दिएको  पचाँस हजार रुपैयाँले अन्जुलले कोष खडा गर्नुभएको हो  ।
 सो प्रयास वाहेक सिन्धुलीका सम्वन्धीत निकायले कुनै चासो दिएको छैन भने कुनै त्यस्तो सम्मान झल्कने काम गर्नपनी सकेको छैन, सिन्धुलीले लोकगायक थापालाई विर्सिएको छ । यसकारण विर्सिएका कि खै त कृष्ण विक्रम थापाको कदर गर्न सकेको ? कृष्णविक्रम थापाको कृतिलाई सकंलन गरेर उजागर गर्न सक्नुपथ्यो केहि सम्मान मात्र भयो त्यो सम्मानले नपुग्ने हुदा कृष्ण विक्रम थापाको नाम अघाडी ल्याउन सिन्धुलीले विर्सिएको  सिन्धुलीका जेष्ठ प्राध्यापक फाल्गुणि शर्मा तिमल्सीना वताउनुहुन्छ । नेपाली लोक सगिंत र सिन्धुली जिल्लाको लागी योगदान दिएका लोक गायक सिन्धुलीकै कुनै पनी ठाउँमा अटाएका छैनन र अटाईएको छैन । तर कृष्ण विक्रम थापाको त्यागप्रति सर्वसाधारण र सम्वन्धीत सरकारी निकाय पनी लाग्न जरुरी रहेको समाजसेवी अमरदिप देवकोटा वताउनुहुन्छ ।

सिन्धुलीवासी  एवं कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक एलएन घिमिरे लोक गायक थापाले सिन्धुलीलाई जुन उचाईमा पुराउनुभयो, थापालाई सिन्धुलीले त्यो उचाईमा पुराउन नसकेको वताउनुभयो । सिन्धुली र राष्ट्रले विर्सन नहुने र थापाको योगदानको कदर हुन जरुरी रहेको  उहाँको वुझाई छ ।  सत्य तितो नै हुन्छ, सिन्धुलीमा काम गर्दै आईरहेका सघंसस्थाले वेवास्ता गरेको घिमिरेको भनाई छ । 
भिडियो 

 सिन्धुलीमा नै जन्मिएर सिन्धुलीकै लागी चिनाउदै आएका गायकलाई नेपाल सरकार तथा सम्वन्धी निकायहरुले चिनाउन त परैको कुरा सामाजिक काम गर्ने हँु भन्ने सघसस्थाले समेत विर्सिका छन् । कारण त्यस्तो काम गरेर नत नाफा नै हुन्छ त कतैवाट डलरको खेती गर्न सकिन्छ । आखिर सवैले महशुस गरिसकेपछि पनि योगदानको कदर गर्न आवश्यक छ भन्ने सवैलाई लागिरहेको अवस्थामा लोकगीतमा योगदान दिनुभएका श्रृष्टाको कदर गर्न नितान्त आवश्यक रहेको जिल्लावासीको मनोभाव रहेको छ ।

Related

फोटोखबर 8429540446561478034

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item