महिला संघको महाधिवेशनको बन्दसत्रमा विबाद

 पोखरा,वैशाख ११ । 
एमाले निकटको अखिल नेपाल महिला संघको पोखरामा जारी छैठौं महाधिवेशनको बन्दसत्रमा विबाद भएको छ । विद्या भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्न एक पक्ष सक्रिय भएर लागेपछि महाधिवेशनको बन्दसत्रमा विवाद भएको हो । अध्यक्ष पदमा एमाले उपाध्यक्ष समेत रहेकी विद्या भण्डारीलाई निर्विरोध निर्वाचित गराउन अध्यक्ष पदमा उमेदवारी दिने चर्चामा रहनु भएकी एमाले पोलिटब्युरो सदस्य एवम सभासद उर्मिला अर्यालललाई बन्दसत्र स्थल सभागृहमा प्रबेश गर्न रोक लगाइएको थियो । 

अर्यालले आफू प्रतिनिधि भएको र बन्दसत्रमा प्रबेश गर्न पाउनु पर्ने बताएपछि स्वयमेवकले लछारपछार गरेको र आफ्नो समर्थनगरेका महिलाहरु माथि पनि हातपात भएको अर्यालले जानकारी दिनुभयो । अखिल नेपाल महिला संघलाई भण्डारीले प्राईभेट कम्पनी बनाएको भन्दै उहाँले तह घटुवा गर्ने तथा धम्क्याउने जस्ता ब्यबहार गर्ने गरेकोले महिला कार्यकर्ता बोल्न नसकेको बताउनुभयो । आज पोखरा घोषणा पत्र जारी गर्दै सम्मेलन सकिने बताइएको छ । आज निर्बाचनको लागि मतदातानामावली प्रकाशन, अन्चल केन्द्रीय सदस्य निर्बाचन गरी केन्द्रीय पदाधीकारी चयन गर्ने बताइएको छ । केन्द्रीय अध्यक्ष सहित १ जना महासचिव,९ जना सहिचव र ७ जना उपाध्यक्ष राख्ने प्रावधान बनाइएको सम्लेन प्रतिनिधि सीता गिरीले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 7760185606929827510

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item