यौनकाण्डमा संलग्न अमेरिकी गुप्तचर बर्खास्त
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_3925.html
अमेरिका, बैशाख १० ।
यौनकाण्डमा संलग्न अमेरिकी गुप्तचर विभागका तीन जना सदस्यलाई पदबाट हटाईएको छ । यसै हप्ता भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको कोलम्बिया भ्रमणका बेला सुरक्षामा खटिएका प्रहरीहरु यौन दुराचारको मामलामा दोषी देखिएपछि पदबाट हटाईएको हो।
विभागले तीन जना वरिष्ठ अधिकारी मध्ये एक जनालाई अनिवार्य अवकाश लिन भनिएको, एक जनालाई बर्खास्त गरिएको र अर्का एक जनाले दोषी ठहर भएपछि राजीनामा दिएको जनाएको छ ।
कोलम्बियामा ओबामाको सुरक्षामा खटिएका गुप्तचर अधिकारीहरुले आफु बसेका होटलमा २० जना यौनकर्मीलाई बोलाएको पुष्टि भएपछि उनीहरुलाई ओबामाको भ्रमण नसकिंदै स्वदेश फिर्ता पठाईएको थियो । घटनाका बारेमा १२ जना सैनिक अधिकारीमाथि छानबीन चलिरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !