एमाओवादीको आन्तरिक बिवाद बैंक सम्म


काठमाडौं, वैशाख १०  ।

एकीकृत माओवादी पार्टीभित्रको अन्तरसङ्घर्षको असर कर्मचारी सङ्गठनहरुमा पनि प्रत्यक्ष देखिन थालेको छ । एमाओवादी पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कृषि विकास बैंकमा संस्थापन र उपाध्यक्ष मोहन वैद्य निकट कर्मचारीको छुट्टाछुट्टै सङ्गठन स्थापना भएपछि यो बिवाद कर्मचारीमा समेत देखिएको हो ।

 कृषि विकास बैंकको गत चैत–२० गते भएको सङ्गठनको दोस्रो महाधिवेशनले  जनार्दनबाबु कट्टेलको नेतृत्वमा संस्थापन पक्षको केन्द्रीय समिति गठन भएको थियो । समितिको वैधानिकता नभएको भन्दै बैंकका वैद्य पक्षका कर्मचारीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नन्दबहादुर बुढाको नेतृत्वमा ३९ सदस्यीय परिचालन कमिटी घोषणा गरेका हुन् ।

संयोजक बुढाले नेपालको प्रचलित श्रमसम्बन्धी कानून विपरीत कार्यालय प्रमुख तथा उपसचिवस्तरका कर्मचारीलाई प्रतिनिधि बनाई निर्वाचन गरिएकाले चैत–२० मा भएको सङ्गठनको दोस्रो महाधिवेशन बहिष्कार गरी आफूहरूले छुट्टै परिचालन समिति बनाएको बताएका छन् । निर्वाचन अवैधानिक भएको भन्दै आफूहरूले सर्वोच्च अदालतमा मुद्दा हालेको समेत संयोजक बुढाले जानकारी दिए ।

Related

राष्ट्रिय 5268375202488208868

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item