आगामी वर्षका लागि दोलखाको विकास बजेट दुई अरव ६१ करोड
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_8418.html
शेरबहादुर भुजेल,
दोलखा,फागुन ३०
आउदो आर्थिक वर्ष २०६९.७० का लागि कुल दुई अरव आठ करोड ६१ लाख ४७ हजार रुपैयाँ बजेट सार्वजनिक गर्दै जिल्ला विकास समिति दोलखाको १८ औ जिल्ला परिषद् सकिएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक समारोहका बिच पुर्व मन्त्री एवं संविधान सभाका सभासद् देवी खड्काले १८ औ जिल्ला परिषद्को उद्घाटन गर्नु भएको थियो ।
परिषद्मा दोलखाका स्थानीय विकास अधिकारी ऋषिराज आचार्यले गत आर्थिक वर्ष २०६७÷६८ को यर्थात खर्च सहित चालु आर्थिक वर्ष २०६८÷६९ को संशोधित बजेट र आगामी आर्थिक आर्थिक वर्ष २०६९÷७० का लागि प्रस्तावित बजेट सार्वजनिक गर्नु भएको थियो ।
सो अवसरमा स्थानीय विकास अधिकारी आचार्यले गत आर्थिक वर्ष २०६७÷६८ मा जिल्ला विकास कोष अन्र्तगत १२ करोड ८२ लाख र पुँजीगत तर्फ नौ करोड १८ लाख गरी २२ करोड रुपैयाँ खर्च भएको जानकारी दिनु भयो । साथै चालु आर्थिक वर्षका लागि जिल्ला विकास समिति दोलखाले खर्च गर्ने ४४ करोड, ४७ लाख, ७१ हजार रुपैयाँ बराबरको संशोधित बजेट रहेको पनि आचार्यले जानकारी दिनु भयो ।
प्रस्तावित बजेट भौतिक तथा आर्थिक पुर्वधारको विकासका लागि प्रथामिकता दिई खर्च गरिने सो अवसरमा जानकारी गराइयो । साथै पछाडी परेको जाति समुदाय तथा भौगोलिक क्षेत्रको उत्थान र विकासका लागि पनि लक्षित कार्यक्रम सञ्चालन गर्ने, रोजगारमुलक समावेसी आर्थिक विकासका गतिविधि सञ्चालन गरिने कृषि क्षेत्रको व्यवसायीकरण गर्नका लागि पनि प्रस्तावित वजेट खर्च गरिने जिल्ला विकास समिति दोलखाले जनाएको छ । सामाजिक परिचालनद्धारा समुदायको सशक्तिकरण र गरीवी न्युनिकरणका लागि समेत विभिन्न गतिविधि सञ्चालन गर्ने सो अवसरमा जानकारी गराइयो ।
१८ औ जिल्ला परिषद्को अवसरमा विभिन्न क्षेत्रबाट जिल्ला विकास समिति दोलखालाई सहयोग पु¥याउने निकाय तथा व्यक्तिलाई पुरस्कृत गरिएको छ । सम्मानित हुनेहरुमा सार्वजनिक सुनुवाइको माध्यमबाट जवाफदेहीता र पारदर्शीता कायम गर्न सहयोग पु¥याउने गैर सरकारी संस्था असल शासन समन्वय समिति, त्यसैगरी उत्कृष्ट कार्य गर्ने जिल्ला सहकारी कार्यालय र पहाडी बाली अनुसन्धान केन्द्र पुरस्कृत भएका छन् । नगद पाँच हजार सहित प्रशंसा पत्र सहित उक्त निकायलाई पुरस्कृत गरिएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !