स्वतन्त्र पत्रकार संघको कार्यविभाजन

बि.बि.आले, पोखरा/ फागुन २८

स्वतन्त्र पत्रकार संघ नेपाल तदर्थ समितिको आईतबार बसेको बैठकले समितिका सदस्यहरुको कार्यविभाजन गरेको छ । समितिले उपाध्यक्षमा विवि आले सिन्धुलीया, सचिवमा कमल पौडेल अथक, सहसचिवमा आरजु विष्ट सल्यानी र कोषाध्यक्षमा शीला गुरुङलाई चयन गरेको हो । यसैगरी, सदस्यहरुमा प्रेम नेपाली, ऋषि बराल, कृष्ण थापा, दुर्गा अधिकारी, मनोज घर्तीमगर र रुवी बास्तोला रहनु भएको छ ।

स्वतन्त्र पत्रकारहरुको गत बुधबार पोखरामा भएको वृहत भेलाले तदर्थ समितिका अध्यक्षमा कृष्णप्रसाद बास्तोलालाई चयन गरेको थियो । भेलाले समितिमा चयन भएका १० जना सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा तदर्थ समितिलाई नै दिएको थियो । तदर्थ समितिको बैठकले सात जना अग्रज पत्रकारहरुलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

जसमा प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, चित्राड्डद सिग्देल, तेजनाथ घिमिरे, भूपनिधि पन्त, तिलकमान गुभाजु, दिलिप राई र विश्व शाक्य रहनु भएको छ । बैठक संघको तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा सेको थियो ।

Related

समाज दर्पण 4084333148979322472

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item