“मन्त्री सिध्याउने कुरा गरेको सुने”


एसवी गौतम,काठमाण्डौ

मङ्गलबारको दिन, दिउसोको एक वजे, ल्यापटप खोलेर एकदुईवटा गीत सुन्ने मुडमा थिए, सिन्धुलीवाट रमा दिदिको फोन आयो भाई तिमिले नाटक लेखिसक्यौ ? अ लेखिसके तर लोडसेडिङले गर्दा ईन्टरनेट छैन त्यसैले पठाउन सकिरहेकै छैन । “लौन मलाई ढिला भईसक्यो, नाटक रेकड गर्न भनेर दुईतिन जनालाई रोकि राखेको छु, भोली विहान ७ वजेको कार्यक्रम कसरी वजाउने त ?” मतिर रिसाएको स्वरमा भन्नुभयो, मैले आश्वासन दिदैभने,  “लाईन आएको छैन आएको दुई मिनेटमै म सेन्ड गर्दिहाल्छु ।” ल है भाई अरु नाटकपनी अली चाडै लेख.. भनेको वेला काम हुदैन ....यो लोडसेडिङले पनी टाउको खाईसक्यो त्यस्तै के भन्दैहुनुहुन्थ्यो अचानक फोनको घण्टीपनी काटियो... लोडसेडिङले गर्दा नै यस्तो भद्रगोल भएको हो भनेर म पनी लोडसेडिङ कम गर्न नसक्ने महापुरुषहरुलाई  सम्झिन खोज्दैथिए,उनिहरुको भनाईलाई सम्झदै थिए, मेरो ध्यान काटिएर निरन्तर वजिरहेको मोवाईलको घण्टीतिर गयो । हातहातमा मोवाईल घरघरमा ईन्टरनेट पु¥याउने लक्ष्य राख्ने,कुल जनसङख्याको आधा जनताले मोवाईलको सेवा लिईरहेको वताउने तर राजधानीमै एउटा कुनोमा राम्रो नेटवक दिन नसक्ने नेपालका टेलिकमलाई सम्झदै  मनमनै तथानामले गाली गर्न  दिमाख तताउदैथिए, एक्कासी अव मन्त्री वाच्दैन भन्ने वोली सुने ।  फेरी ध्यान दिएर फेरी कोहि वोल्ला र सुनुला भनेर चनाखो भएर सुनिरहे तर आवाज आएन....गुनगुन गरेको सुने , ठट्टा पो गरेको होकि भन्ने लाग्यो,  मलाई लाग्यो आज कुनै मन्त्रालयमा कार्यकर्ताको नाताले काम लिएर गाको थ्याहोला, वातावरण अलि विग्रदो छ भनेर महाशयहरुले सायद गरिदिएनन् होलान् कि सिधै टेवलमाथी कि तलवाट भन्ने कुरा चल्यो कि ? मलाई त्यति सोच्न कुनै हिचकिचाउनु पर्ने नै  भएन किनकी ट्रान्सपरेन्सी ईन्टरनेशनलले पनी नेपाल भ्रष्टचार हुने देशहरुमध्ये डिसेम्वर १ को रिपोर्ट अनुसार नेपाल १५४ औ स्थानको भनेर तक्मा दिलाईदिएकै छ । 

अहो भएन लाईन आउदैन मोवाईलमा हेरे, साढे एकपनी वजेको छैन,हैन आजको दिन कति ढिलो भएको हो, दिन सुनसान भएको   केहि समयपछि चर्को स्वरको आवाज आयो “घोडा खोज,घोडा”, अव भने म पुरै स्पष्ट भईन, घोडा खोज भनेको होकि घोडा खोस भनेको हो दुविधा भयो.. सोचे घोडा खोस भनेको हैन ...घोडा खोज नै भनेको हो भन्ने लाग्यो, केहिछिन अघि मात्रै मन्त्री वाच्दैन भन्नु र अहिल्य फेरी घोडा खोज भन्नुको आशय के हो त भनेर सोच्न पाउदा नपाउदै मैले वुझिहाले । मन्त्रीले के काम सिधै गरिदिएनन् र अव घोडामा चढेर राती मन्त्री क्वाटरमै जाने योजना वनाउन थाले । मोटरमा चढेर जाने योजना हुदो हो तर ईन्धन महङगी र अभाकको कारण यीनिहरुले योजना परिवर्तन गदै छन् ।  सोचे कसरी सम्भव छ, मन्त्रीको घरलाई त सेनाको सुरक्षा पनी हुन्छ अव यीनिहरु चै मारिने भए । मलाई लाग्यो फेरी जे कुरालाईपनी नकरात्मक सोचाईले मात्रै सोच्न हुदैन त्यसैले सकरात्मक रुपमै सोचे , राजतन्त्र फालियो राती,गणतन्त्र घोषणा पनी राती नै भयो, सविंधान सभाको म्याद रातीनै थपियो, एसएलसीको नतिजापनी त रातीनै आकोथ्यो,पक्कैपनी यीनीहरुको राती गर्ने कामपनी राम्रै होला । फेरीपनी तेस्रो पटक आवाज आयो जुन पहिलो र दोस्रोचोटी वोलेको मान्छेको स्वरभन्दा फरक थियो, सेनालाई के गर्छस् ? उत्तर आयो मारिदिन्छु । “मारिदिन्छु” भन्ने शव्दले मेरो सकरात्मक सोचाईलाई फेरी गलत सावित गरिदियो, साच्चै सेनालाई मार्न सक्छस् ? हेदै जा, म सेनालाई त चुट्कीमा मारिदिन्छु । यस्ता कुराहरु तिनिहरुको माझ चल्न थाल्यो, मारिदिन्छु भन्ने शव्द भुईमा खस्न नपाउदै अन्य  मानिसहरुको हासोको आवाज आयो । निकै लामो अट्टहास हासो थियो, ती हास्नेहरु भन्दैथिए हो यसले त सेनालाई मार्न सक्छ । ती मानिसहरु हल्लाखल्ला गर्न थाले, मलाई लाग्यो, समुह निकै ठुलो रहेछ । .ठुलै तयारी र तामझामका साथ तिनीहरुले आफ्नौ मनोवल दह्रो वनाएका हुन भन्नेमा म ढुक्क भए ।

लामो खुईय स्वर निकाल्दै एउटाले वोल्यो, आफ्नो सोझो गर्छु भन्दापनी गर्न दिदैन भने अव मैले त्यो मन्त्रीलाई नसिध्याएर कसलाई सिध्याउने त ? यो वाक्य चै त्यो योजनाकारको नभई मेरो सिन्धुलीको एकजना साथीको याद आयो,उ पनी त्यसै भन्थ्यो , देशको चिन्ता वोकेर दिनहु भौतारिरहन्थ्यो , देश विग्रियो..देश विग्रियो .हाम्रो भविष्य डामाडोल हुने भयो...सविंधान पनी वन्छ कि वन्दैन...नेताहरु सविंधान वनाउन भन्दापनी कमाउनतिर लागेका छन् , अहिल्य जसले जे जे गरेपनि छुट छ । अव त हाम्रो भविष्य खै कहाँ छ, तैले देखेको छस् ? यस्तै यस्तै भन्थ्यो । भन्थ्यो म अव विदेश जान्छु,, किन जान्छस् विदेश ? विदेश जानु पदैन, नेपालमै केहि गर्न सकिन्छ मैले भनेको थिए । कमाउनु परेन ? उसको उत्तर हुन्थ्यो, म भन्ने गर्थे तेरो घर त जुनार हुने ठाउँमा छ , त जुनार खेती गर , जुनार व्यवसायमा तेरो भविष्य छ । जुनार खेती गर अहिल्य त जुनारले सिधै डल्लर कमाउछ म यसरी नै हाडश दिन्थे । केहि दिन अघिमात्रै काठमाण्डौको एउटा फलफुल पसलमा, मैले सोधेको थिए जुनार छैन साहुजी ? छ..छ.. किन नहुनु भन्दै साहुजीले डावरको जुस  देखाएका थिए , त्यस्तो जुनार भनेको हैन सिन्धुलीको जनार ?

 सिन्धुलीको जुनार कहाँ काठमाण्डौ आउछ र त्यहि पनी हामीले किन किन्न सक्थ्यौ र ? सिधै डल्लर कमाउन विदेश जान्छ, त्यो फलफुल साहुजीले त्यसो भनेका थिए । काठमाण्डौका मान्छेले जुनार खान पाएनछन् भनेर अचम्म लागेन कि,जुनार महङ्गो हुन्छ ,डल्लर कमाउछ भन्ने सोचाई व्यापारिले राख्दा रहेछन्, जुन कुराले सिधै जुनार कृषकलाई पनी प्रभाव पार्छ भन्ने सोचेको थिए । ......ल उठ् अव सकियो...अव त्यो सेनाले  पनी छेक्न सक्दैन...मेरो घोडा दह्रो छ । मन्त्री सकियो अव वाच्दैन .....अव मन्त्री वाच्दैन भनेर सवैजना जुरुक्क उठेको आवाज सुने अव त अति नै भयो । दिउसोको घाम झ्यालवाट पस्ने कोसिस गरेपनि पर्दाले रोकिराखेको थियो त्यहि पर्दाले गर्दा,मन्त्री मार्ने कोहुन् भन्ने थाहा पाउन सकिरहेका थिईन । अव चै तिनिहरु हिड्दैछन् भन्ने लाग्यो र हत्तनपत्त झ्यालको पर्दा पन्छाउदै हेरे,तर त्यहाँ त चेस(वुद्धिचाल)को मन्त्री देखाउदै खेलाडीहरु उफ्रिरहेका थिए । 
email :- sbgautam47@yahoo.com

Related

विचाररसाहित्य 2805484571154551907

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item