धर्मनिरपेक्ष राज्य बनाएर उपलब्धी भएन:गजुरेल

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5491.html
चीना थापा, सिन्धुली फागुन २१
एकीकृत माओवादीका सचिव सीपी गजुरेलले जनताको संविधान बन्न नदिए फेरी आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । जनसरकार र जनमुक्तिसेना विघटन भएपनि नयाँ संविधान बन्नेमा आशावादी रहेको बताउदै उहाँले ४५ लाख युवाहरु विदेशिएको अवस्थामा युवाहरुलाई रोजगारी दिई स्वरोजगारी बनाउनुपर्ने बताउनुभयो । गजुरेलले नयाँ संविधानले सम्पूर्ण जनताको समस्यालाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
गृह जिल्ला सिन्धुलीमाढीमा आज भएको कार्यक्रममा कांग्रेस र एमालेले आफ्ना अडान नछाडेका कारण संविधान बन्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेताहरुले धर्मनिरिपेक्ष राज्य बनाएर ठूलो उपलब्धी भएको भाषण गर्दै हिडेपनि यसले केही कुरामा परिवर्तन नभएको दावी गर्नुभयो ।
सचिव गजुरेलले पुरानै संसदीय व्यवस्थाले मुलुकमा आमूल परिवर्तन गर्न नसक्ने ठोकुवा समेत गर्नुभएको छ । यस पटक पनि संविधान नबने जनताले म्याद थप्न नदिने भन्दै उहाँले जनताले नचाहेको संविधान बन्नुभन्दा नबन्नुनै ठिक रहेको टिप्पणी गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !