सिन्धुली दर्पण र हामी


एसवी गौतम,काठमाण्डौ 

आजभन्दा तिनवर्ष अघि साथी दिपक थापा (बेव व्यवस्थापक) को फेसवुक च्याटवाट एउटा व्लगको लिङ्क आयो, अनी च्याटमा भनिएको थियो, सर त्यो साईट हेर्नुहोला , मैले वनाएको हो , कस्तो छ कमेन्ट गर्नुहै ? मलाई व्लगको  वारेमा साधारण ज्ञानपनी थिएन, के हो व्लग भनेको ? राम्ररी हेरे, खुव राम्रो लाग्यो । मानिसको स्वभावनै हो , अरुको राम्रो चिज देखेपछि आफुलाई पनी चाहिने, सोही अनुरुप मैले अनुरोध गरेको थिए, लौ न दिपक सर मलाईपनी यस्तै व्लग वनाईदिनु परो, दिपकले भन्नुभयो तपाई आफैले वनाउन सक्नुहुन्छ , प्रयास गर्नुस भएन भने म वनाईदिन्छु, कसरी व्लग वनाउने भनेर अनलाईनमा पढ्नुहोला भन्ने उत्तर आयो । भोलीपल्ट मैले व्लग वनाउन गुगलमा पढ्न थाले र साधारण व्लग वनाए जसको नाम थियो सिन्धुलीवाट डटव्लगस्पोट डटकम । मलाई सिन्धुली र अन्य ठाउँको समाचारको लागी कुनै समस्यै थिएन किनकी म आफै रेडियो सिन्धुलीगढीमा समाचार वनाउथे, पढ्थे ।
 मैले अपडेट गरेको पहिलो समाचार लघुजलविद्युतवाट गाउँलेहरुले वत्ति वाल्दै भन्ने, यस्तै शिर्षकमा थियो, त्यो समाचार व्लगवाट फेसवुकमा पनी सेयर गरेको  थिए, लगत्तै केहि दाई तथा साथीहरुले सिन्धुलीको समाचार आज पढ्न पाईयो खुसी लाग्यो, यसलाई चै तिमीले निरन्तरता दिनु भन्ने प्रतिक्रिया पाएको थिए । काठमाण्डौवाट दिपक सरको फोन आयो सर तपाई समाचारको लागी हुनुहुन्छ,तपाईसगँ श्रोत छ, म यो तपाईको भन्दा राम्रो व्लग वनाउछु, र सगै आफ्नो जिल्लाको वारेमा ईन्टरनेटको माध्यमवाट जानकारी दिऔ हुन्न ? त्यो प्रस्ताव मलाई अती नै ठिक लाग्यो र साथी दिपकले जुराउनुभएको नाम थियो सिन्धुली दर्पण । 
भोलीपल्टैदेखी नयाँ व्लगमा मैले समाचार र सिन्धुलीका तस्विरहरु अपलोड गर्न थाले, मानव आवश्यकता असिमित हुन्छ भन्ने अर्थशास्त्रको नियम अनुसारनै दिपकको प्रस्ताव आयो, सर अव व्लग यत्रो वर्ष चलाईयो अव बेवसाईट नै वनाउनु पर्छ । बेवसाईट वनाउला अनी विज्ञापन पनी जम्मा गरौला । केहि आर्थिक सहयोग भयो भने त अझ हामीलाई सहयोग हुन्छ तर दुखको कुरा अहिल्य सम्म पनी अधिकाश सिन्धुलीका शिक्षित भएका भनिनेहरुलाई पनी खासै ईन्टरनेटको पहुचँ भएको पाएको छैन ,केहो बेवसाईट भनेको ? एउटा रमाईलो प्रशग याद आयो , सिन्धुलीमा धमाधम होटल तथा रेष्टुरेन्टहरु खुल्दैथियो, मैले सिन्धुलीमाढीवजारमा रहेको सगंम होटलका एकजना संचालकसगँ विज्ञापन दिनुपरो, हामीले बेवसाईट सुरु गरेका छौ, केहि आर्थिक सहयोग भयो भने हामीलाई पनी सजिलो हुन्छ तपाईको पनी प्रचारप्रसारमा सहयोग पुग्छ भनेको थिए, वहाँले हुन्छ भन्न छोड्न भएन र यसोपनी भनिहाल्नुभयो, पुर्व(झापा,मोरङ)वाट तपाईले भनेको जस्तै विज्ञापन माग्दै आएका थिए,लै त भनेर दिए मैले मात्रै होर स्कुल वोडिङले पनी देका थे, तर अहिल्यसम्म त देखेको छैन ।  त्यस्तै पो हुनेहोकी ? अचम्मीत हुदै मैले सोधे, कती पैसा दिनुभयो ? कुन बेवसाईट हो ? उहाँले सजिलै भनिदिनुभयो  खै कम्प्युटरमा वसिदैन के था कुन बेवसाईट हो । हामीले सुरुवात गरेको कामप्रतीपनी त्यो शकांको दृष्टीले हेरपछि मलाई कुनै कुरै गर्न मन लागेन ।  सिन्धुलीमा ईन्टरनेटको पहुच भएको आठदश वर्ष नभईकन केहो बेवसाईट, महत्व तथा आवश्यकता भनेर वुझाउन नसकिने रहेछ भन्ने त्यहिखेरै सोचेको थिए । 

वल्ल वल्ल सामाजिक सञ्जाल फेसवुकले गर्दामात्रै सिन्धुलीमा केहि साईवसहरु चलेका छन् । कार्यालय,सघंसस्थामा ईन्टरनेट हेरिएको पाएको छु । हामीपनी निरन्तर सिन्धुली र अन्य ठाउँको समाचार सम्प्रेषण गर्दै गयौ, तपाईले पनी गुगल,फेसवुक,ट्विटर जस्ता बेवसाईटकै माध्यमवाट सिन्धुली दर्पण पत्ता लगाउनुभयोहोला भन्ने लागेको छ । मलाई विशेषत सिन्धुली छाडेको ११ वर्षपछि सिन्धुलीको वारेमा पढ्न पाए,गुगलमा सिन्धुली शव्द खोजी गर्दा सिन्धुली दर्पण भन्ने जस्ता प्रतिक्रियाले अत्यन्तै खुसी वनाएको छ भने , जिल्लामा हुने सवारी दुर्घटनाका समाचार सम्प्रेसण गर्दा मृतकाका आफन्त पाठक भएको पाउदा भने निकै दुख वनाएको अनुभव पनी छ । त्यस्तै  वहिनीको वलत्कारपछी हत्या भन्ने शिर्षकको समाचार दाजुले पढेपछि आएको  लामो भावविह्लपुर्ण  प्रतिक्रिया जुन अहिल्यपनी ताजै छ । यी र यस्ता जानकारीहरु निरन्तर राखिरहेको तिन वर्ष पुग्यो भन्दा मलाई अचम्म लाग्छ , अस्ति मात्रै त सुरुवात गरेको हानी । दिपकवाट म्यासेज आयो सर सिन्धुली दर्पण चार वर्षमा प्रवेश गदैछ, के छ तयारी ? मैल त्यहिवेला बेवसाईटको भित्री पेजमा हेर नभन्दै मार्च २००९ वाट सुरुवात गरिएको मिति थियो, मैल उत्तर दिए, के तयारी हुनुयार , दिनभर सिन्धुली दर्पणको फेसवुकमा अनलाईन हुनपर्ला र भिजिटरसगँ तपाईलाई कस्तो लाग्छ, के छ प्रतिक्रिया भनेर सोध्न पर्ला भनेको थिए , दिपक हास्दै थियो , मैले सोचेको पनी त्यहि थिए ।

 सिन्धुलीमा जन्मेको र सिन्धुलीवाटै शिक्षादिक्षा लिएको कारणपनी केहि गर्नुपर्छ भन्ने सोचले नै सुरुवात गरेको बेवसाईटले जानकारी वाहेक केनै दिन सक्छ र पाठकहरुलाई ? चाडो तात्ने सिलावर  भन्दा ढिलो तातेको फलामको ताप ढिलै रहन्छ भनेझै विस्तारै अनलाईन पढ्ने हेर्ने र प्रतिक्रिया दिने क्रम वढ्दै गईरहेको छ, हाम्रो अपेच्छापनी कहिल्यसम्म हामीले यो कामलाई निरन्तरता दिन सक्नेछौ त्यतिन्जेलसम्म पाठकहरुको सहभागीता पनी रहनुपर्छ र प्रतिक्रिया पाईरहनुपर्छ । हामीले बेवसाईट सुरुवात गर्नुभन्दा पहिले एकदुईचोटी अपडेट भएका व्लगहरु पनी पढ्न पाईन्थ्यो, तर नियमित जानकारी दिने माध्यम हामी भएका छौ , यसर्थ सिन्धुलीको पहिलो बेवसाईट सञ्चालक भन्न पाएका छौ,आधुनिक पत्रकारीताको वाटो समातेको छौ । हामीले गरेको कामको अनुभवमा पनी केहि गर्नुपर्छ, आफ्नो जिल्लालाई सञ्चारको माध्यमवाट टेवा दिन सकिने रहेछ भनेर पछिल्लो समयमा धेरै व्लग तथा केहि बेवसाईडहरु दर्ता भएको पाईएको छ , जुन हाम्रो लागी अत्यन्तै खुसीको कुरा हो । 
email:- sbgautam47@yahoo.com

Related

विचाररसाहित्य 3892687911728246724

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item