जनकपुरमा वम विस्फोट ५ जनाको मृत्यु

जनकपुर,वैशाख १८ । 
जनकपुरको जनकपुर रामानन्द चोकमा आज विहान बम विस्फोट हुँदा ५  जनाको मृत्यु भएको छ । घटनामा २४ जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि काठमाण्डू ल्याइएको छ ।

 मृत्यु हुने मध्ये स्थानिय नवलकिशोर सरण र रन्जु झाको मात्रै नाम खुलेको छ । घटनामा संलग्नमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।  घटना स्थललाई प्रहरीले घेरा हालेर बसेकाले कसैलाई पनि जान दिइएको छैन । घटनाको विस्तृत विवर(ण आउन बाँकी छ ।  

Related

राष्ट्रिय 3101226657007868093

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item