श्रीमतीको हत्या गर्ने लोग्ने जेल चलान
http://sindhulidarpan.blogspot.com/2012/04/s_584.html
कलैया, वैशाख १७ ।
बारा जिल्ला न्यायाधीश अबध बिहारीप्रसाद सिन्हाको इजलासले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा लोग्ने शङ्कर महतोलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । कलैया–१४ विसम्मरपुर गाउँ बस्ने ३५ वर्षीय शङ्कर महतोले गत चैत २ गते घरमा बसिरहेकी श्रीमती लालमतिदेवीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
यसैबीच बारा जिल्ला छातापिपरा नजिक शनिबार बेलुकी ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी सिन्थेटिक्स उद्योगमा कार्यरत भारतीय नागरिक चन्द्रेश्वर चोबेलाई उद्योगबाट काम सकेर डेरातर्फ जाँदै गर्दा बेलुकी ७ बजे ना३त ८६९ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !