रामेछाप विमानस्थल कालोपत्रे हुने



रीता मगर,रामेछाप,असोज १२ । 

रामेछापमा रहेको एक मात्र विमानस्थल कालोपत्रे हुने भएको छ । यो आर्थिक वर्ष भित्रै कालो पत्रे भैसक्ने रामेछाप उड्डयन प्राधिकरण मन्थलीका कार्यालय प्रमुख रमेश महतले बताउनुभयो । हाल सो विमान स्थलबाट तारा एयरले हप्ताको  एक पटक शुक्रबार उडान भर्दै आएको छ । यसका अतिरिक्त रामेछाप विमानस्थलबाट तारा र काष्ठमण्डप एयरले सोलुका लागि दैनिक सरदर १० वटा कार्गौ उडान गर्ने गरेको महतले बताउनुभयो । तामाकोशीलाई चारैतिरबाट घेरेको प्राकृतिक बगरलाई २०३५ सालमा पिलाटस पोर्टर जहाज अवतरणका लागि सुरुमा सानो विमानस्थल निर्माण गरिएको थियो । 

पछिल्लो समय उक्त विमानस्थललाई तत्कालिन मन्त्री नवराज सुवेदीको अगुवाईमा जिल्लावासीले श्रमदान गरी ठुलो बनाएको थियो । रामेछापको विमानस्थल कच्ची भए पनि बाह्रै महिना जहाज अवतरण गर्न सकिने विमानस्थलमा पर्छ । बलौटे माटोमा उम्रिएको सिरु र काँसले हिलोबाट जोगाउने भएकोले जस्तोसुकै वर्षामा पनि अवतरण गर्न सकिएको महतले बताउनुभयो ।
 निर्माणसँगै करिव ३० वर्षसम्म नेपाल वायु सेवा निगमले रामेछापमा उडान भरेकोमा पछि २०६५ साल देखि उडान रोकेको थियो । 
काठमाडौबाट पूर्वतर्फको सवै भन्दा नजिकको विमानस्थल भएकोले आपतकालिन अवस्थामा रामेछाप विमानस्थलको प्रयोग गर्ने गरेको छ । पूर्वबाट काठमाडौ जाने र पूर्वतिरबाट काठमाडौ आउने जहाज कुनै कारणबस होल्ड गर्नु परेमा पनि यो विमानस्थल प्रयोग गरिन्छ । ३५ वर्ष अघि निर्माण भए पनि हालसम्म पनि कालो पत्रे हुन सकेको थिएन । 

Related

विविध 5373832783229530589

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item