‘सरकार भ्रष्टाचारी र देशद्रोहीको नमूना’
http://sindhulidarpan.blogspot.com/2012/09/news_1665.html
काठमाडौं, असोज १२ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमति निर्माणका लागि प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार बहिर्गमन पहिलो सर्त रहेको दोहराएका छन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार नहटेसम्म अन्य विषयमा सम्वादको सम्भावना नरेको बताए । उहाँले भन्नुभयो , ‘एमाओवादी अझै सत्ता कव्जाको राणनीतिका साथ अगाडि बढेकाले सहमतिको सम्भावना टाढा छ ।’
नेता नेपालले एमाओवादीको देशप्रतिको नकारात्मक भूमिकालाई भण्डाफोर गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । ‘वर्तमान सरकार भ्रष्टाचारी र देशद्रोहको नमूना हो,’ उनले भने, ‘देशलाई बचाउन पनि सरकार विरुद्ध जनताले सडकमा आउनु पर्ने छ ।’उहाँले विपक्षी दलका सम्पूर्ण आन्दालनका कार्यक्रमको उद्देश्य वर्तमान सरकार हटाउन केन्द्रित रहेको बताउनुभयो ।
एमालेका उपत्यका इञ्चार्ज कृष्णगोपाल श्रेष्ठले सत्ता कव्जा गर्ने एमाओवादीको रणनीतिलाई ध्वस्त पार्न आन्दोलन अपरिहार्य रहेको बताए । उहाँले भन्नुभयोे, ‘बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापित नहुँदा सम्म मुलुकले निकास पाउँदैन ।’


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !