ट्वान्टी–ट्वान्टी क्रिकेटको उपाधि रामगोपालपुरलाई

महोत्तरी वैशाख १७ । 
। महोत्तरी जिल्लाको भरतपुरमा आज सम्पन्न क्षेत्रीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि रामगोपालपुर टिमले जितेको छ ।  प्रतिस्पर्धी भरतपुर टिमलाई सात विकेटले पराजित गर्दै रामगोपालपुरले उपाधि हात पारेको हो । 

टस जितेर ब्याटिङ गरेको भरतपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२० रन बनाएको थियो । जवाफमा १२१ रनको लक्ष्य पछ्याएको रामगोपालपुरले ११ ओभरमै चार विकेटको क्षतिमा जित हात पारेको हो । विजयी टिमलाई आजै जिल्लाका सामाजिक कार्यकर्ता लक्ष्मी महतोले रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी उपविजेता टिमले प्रमाणपत्रसहित रु दुई हजार ५०० नगद प्राप्त गरेको छ ।

Related

प्रमूखखबरहरु 9004153199560939810

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item