शान्ति सुरक्षा सुधार्ने प्रतिबद्धता
http://sindhulidarpan.blogspot.com/2012/04/s_5177.html
उमा पौडेल,
सिन्धुली,वैशाख १७ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलपछि सुक्रबारबाट सुरुभएको सञ्चारकर्मीहरुको दवावमुलक आन्दोलन स्थगित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख डिएसपी लोकेन्द्र श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको तथा सञ्चारकर्मीहरुमाथी ज्यादती गरेको भन्दै श्रेष्ठको विरुद्धमा थालीएको दवावमुलक आन्दोलन डिएसपी श्रेष्ठले आत्माआलोचना गरेपछि तत्कालका लागि स्थगित गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षअघि दवाव मुलक धर्नामा बसेका सञ्चारकर्मी, निर्माण व्यवसायि तथा पेशागत संगसंगठनका प्रतिनीधि संग स्थानीय प्रशासन, डिएसपी श्रेष्ठ, राजनीतिकदलका प्रतिनीधि तथा निमिक्त प्रमुख जिल्ला अधिकारी विचको संयूक्त बैठकमा श्रेष्ठले आत्माआलोचना गरेपछि आन्दोलनका सम्पूर्णकार्य स्थगीत गरिएको हो ।
बैठकमा जिल्लामा शान्ति सुरक्षाको प्रत्याभुतिका लागि तत्काल आवश्यक प्रक्रियाको थालनी गरि शसक्त भुमिका निर्वाह गर्ने, पत्रकार महासंघका निवर्तमान अध्यक्ष सञ्जय दाहालमाथी भएको दुव्र्यवहारको आत्मआलोचना गर्ने, लगायतका चारबुँदे सहमति भएपछि अन्दोलन फिर्ता लिने सहमति भएको महासंघका उपाध्यक्ष कृष्णहरि घिमिरेले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !