आइपीएलमा आज एक खेल
http://sindhulidarpan.blogspot.com/2012/04/ipl_30.html
काठमाण्डौ,वैशाख १८ ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएल अन्र्तगत आज एक मात्र खेल हुने भएको छ । राति सवा आठ वजेपछि चेन्नेईमा हुने खेलमा चेन्नेई सुपर किग्स र कोलकत्ता नाईराईडर्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलमा ५ खेल जित्दै कोलकत्ता ११ अंकसहित दोस्रो स्थान र समान खेल खेल्दै ४ मा जीत हात पारेको चेन्नेई ९ अंकका साथ चौथो स्थानमा रहेको छ । यस अघि गएराती अवेर सकिएको खेलमा मुम्वई इन्डियन्सले डेकन चाजर्सलाई ५ विकेटले पराजीत गरेको छ ।
१ सय १ रनको सामान्य चुनौती पछ्याएको मुम्वईले १८ ओभर १ वलमा ५ विकेटको क्षती लक्ष्य पार ग¥यो । मुम्वईका लागि रोहित शर्माले सर्वाधिक ४२ रनको योगदान दिए । पहिले व्याटिङ गरेको डेकन १८ ओभर ४ वलमा अल आउट हुदै मात्र सय रन वनाएको थियो । हिजै भएको पहिलो खेलमा राजस्थानमाथी दिल्लीले १ रनको रोमाञ्चक जीत हात पारेको थियो ।
Sindhulidarpan.com.np.png)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !