माओबादीको वैद्य पक्षले पार्टीभित्र छुट्टै संरचना बनाउने

काठमाण्डौ,वैशाख १८ । 

शान्ति र संविधान निर्माण प्रक्रियामा संस्थापन पक्षसँग असहमति जनाउँदै आएको एकीकृत नेकपा माओबादीको वैद्य पक्षले पार्टीभित्र छुट्टै संरचना बनाउने अभियानलाई तीव्रता दिएको छ । बैद्य पक्षले आज विद्यार्थी संगठनको छुट्टै संरचना निर्माण गर्न लागेको छ । त्रिभुवन विश्वविद्यालयको स्मृति भवन कीर्तिपुरमा अहिले केहीबेरमा सुरु हुने विद्यार्थीहरुको छुट्टै भेलाले अखिल क्रान्तिकारीको समानान्तर संगठन निर्माण गर्ने बताइएको छ ।

 वैद्य पक्षीय विद्यार्थीहरुको भेलालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिनुभयो । ढकालले समानन्तर संरचना नभई विद्यार्थीहरुको राष्ट्रिय भेला मात्रै आव्हान गरिएको बताउनुभयो । छुट्टै सांगठिनक संरचना बनाएर अघि बढ्ने वा राष्ट्रिय प्रशिक्षण मात्रै गर्ने भन्नेमा वैद्य पक्षका विद्यार्थीहरुबीच मतभेद रहेको स्रोतले बताएको छ ।

Related

विविध 99222631875467124

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item