सर्पले डस्दा बालिकाको मृत्यु

रुकुम, वैशाख १८ । 


विषालु सर्पले डस्दा जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । सर्पको डसाइबाट जिल्लाको पुन्मा गाविस–१ का गोरख चन्दकी नौ वर्षीया छोरी कालिकाको गएराति मृत्यु भएको हो । गाउँमै रहेको मावली घरमा गएकी बालिकालाई राति करिब ९ बजेतिर सर्पले डसेको थियो । सर्पले डसेपछि स्वास्थ्य संस्थामा उपचार गर्न नलिएर घरमै झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको बताइएको छ ।

Related

विविध 4403936994051974430

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item