संयुक्त संघर्ष समिती सिन्धुलीको प्रधानमन्त्रिलाई ज्ञापन पत्र

 पोष्टराज पहाडी,
सिन्धुली,वैशाख १८ ।


 राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि संयुक्त संघर्ष समिति नेपाल, सिन्धुलीले आफ्ना दुइ बुदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समीतिले जनताको अभुतपूर्व संलग्ना र शहिदको बलिदानीबाट प्राप्त संविधानसभाले सम्पुर्ण जातिको हक, अधिकार स्थापित गर्ने सम्भावना क्षीण भन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै जातिय अग्राधिकार आत्म निर्णय तथा विशेषाधिकार सहितको जातिय राज्यको पुनःसंरचना गर्ने बहसले समस्त राष्ट्रभक्त नेपालीलाई आक्रोसित र आन्दोलीत बनाएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

समीतिले बुझाएको ज्ञापन पत्रमा राज्यको पुनःसंरचना जाति, भाषा, धर्मको आधारमा नगरी भौगोलीक निकटता, प्रशासनीक अनुकुलता, स्रोत र साधनको उपलव्धता र आर्थीक संम्भाव्यताको आधारमा उत्तर–दक्षीण सिमा जोडिने गरि गरिनु पर्ने र प्रदेशको नामाकरण पनि जातिय, धार्मीक र भाषीक आधारमा नगरि साझा प्राकृतिक सम्पदा जस्ता हिमाल, पहाड, नदी र तालको आधारमा गरिनु पर्ने माग राखेको छ । यसै गरि संयुक्त संघर्ष समितीले नेपाली आर्य समुदायका खस क्षत्री, ब्राह्मण, ठकुरी दशनामी र दलित लगायतका जातिलाई अन्यबाट हटाई जातिय पहिचान समानता र अधिकार सहित मुल जातिको रुपमा परिभाषीत गर्दै आदिवासी सुचिकृत गरिनु पर्ने पनि माग आफ्नो ज्ञापन–पत्रमा उल्लेख गरेको छ । 

समितीले आफ्ना मागहरु सम्बोधन गराउनका लागि नेपाल बन्द सहितको दवाव मुलक कार्यक्रमको घोषणा समेत गरेको छ । घोषीत कार्यक्रम अनुसार संयुक्त संघर्ष समितीले १८ गते प्रधानमन्त्रि, संविधानसभाका अध्यक्ष, संवैधानिक समितीका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने, १९ गते सभासद र राजनैतिक दलका नेतासँग अन्तरक्रिया गर्ने, २० गते राष्ट्रपतिलाई ज्ञापन–पत्र बुझाउने, पूर्वाअञ्चल विकास क्षेत्र बन्द गर्ने, पोखरामा मोटरसाइकल ¥यालि गर्ने तथा पूर्वाअञ्चल विकास क्षेत्र बाहेकका जिल्ला पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रमको घोषणा गरेको  छ ।यसैगरि आन्दोलनका कार्यक्रम अनुसार विभिन्न जिल्लामा ¥यालि र आमसभा गर्ने जनाएको छ । जसअन्तरगत बैशाख २१ गते पोखरामा, २३ गते चितवनमा, २४ गते दाङमा, २५ गते सर्लाहिमा, २६ गते रुपन्देहि र झापामा गर्ने भएको छ ।त्यस्तै समितीले बैशाख २७ गते देशभरि राँके जुलुस र बैशाख २८ र २९ गते नेपाल बन्दको कार्यक्रमको घोषणा गरेको छ ।

संयुक्त संघर्ष समिती सिन्धुलीका संयोजक गोपाल बहादुर थापा र सह–संयोजक कल्याण राज घिमीरेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा संविधानमा जातिय राज्यको व्यवस्था गर्ने, हक अधिकार पहिचान र आत्मसम्मानलाई लिपिबद्ध नगर्ने दुस्साहस गरी संविधान जारी भएमा आफुहरुलाई मान्य नहुने भन्दै नेपाल बन्द गर्दा समेत माग पुरा नगरिए सीमतीले  दीर्घकालीन सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने उल्लेख गरिएको छ । 

Related

स्थानिय 6450252002220898019

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item