"बोली फेरिरहे जेपनी हुन सक्छ"

पोष्टराज पहाडी,
सिन्धुली,वैशाख १८ ।
 खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईन पिडीत संघर्ष समीति सिन्धुलीले खिम्ती ढल्केवर २२० केभी प्रसारण लाइनका आयोजना प्रमुख र सम्वन्धित मन्त्रालयका उच्च कर्मचारीले माझिटारका केहि व्यक्तिले लाइन प्रसारणका लागि जग्गा उपलव्ध गराउन अवरोध गराएको र उक्त प्रसारण लाइन जाने स्थलमा सडक निर्माणको लागि जग्गा अधिकरण गरी सडक निर्माण गर्ने भनि दिएको अभिव्यक्ति प्रति  आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितीले संघर्ष समिती र सरकारी टोली विच भएको वार्ता अनुसार सिन्धुलीगढी जस्तो ऐतिहासीक स्थलको संरक्षण गर्दै नगर क्षेत्र बचाउने  र त्यस क्षेत्रमा गाडीएका पोलहरुलाई परिवर्तन गर्ने सहमति भई आफुहरु विश्वस्त रहेको अवस्थामा एक्कासी सो अभिव्यक्ति  आउनुले  फेरि आफुहरुलाई  आन्दोलन गर्न वाध्य बनाएको उल्लेख गरेको छ ।

संघर्ष समितिले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै आर्थीक अभियान राष्ट्रिय दैनिक पत्रिकाको मिति २०६९ बैशाख १५ गते प्रकाशीत अंकको खिम्ति ढल्केवर प्रसारण लाइन अघि बढाउने’ भन्ने शिर्षकको समचारमा  आयोजना  प्रमुख र सम्बन्धित मन्त्रालयका उच्च कर्मचारीको सो अभिव्यक्ति प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

जारी विज्ञप्तिमा समीतिले सो अभिव्यक्ति प्रति माझीटारका स्थानियवासी मात्र नभई डाँडाटोल, बर्देउटार, पानीट्याङकी, जसेदमार, अधेँरी, कातिके, ठुलिटार, गोलेटार, वेलगाछी, वुकाडाँडा, सानो करकरे, माईस्थान करकरे, भद्रकाली गाविसको चियावारी, ढुंग्रेभन्ज्याङ,रानिचुरीको फाल्चुरी, फिटिङ, भुत्याहाडाँडा, सिन्धुली गढी स्थलका स्थानियवासी समेत पिडामा परेको भन्दै पिडीत पक्षलाई विस्थापित गराउने गरि सडक निर्माण र मोअव्जाको कुनै आवश्यकता नभएकोले उक्त प्रसारणको लाइन परिवर्तन गर्न माग गरेको छ । 
संघर्ष समीतिका अध्यक्ष सुरेन्द्रश्वर मोक्तानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भने अनुसारको काम नगरी वोली फेदै गएमा आयोजनाको  निर्माण स्थलबाटै चरणबद्ध आन्दोलनको सुरुवात गर्न बाध्य हुने र आन्दोलबाट हुने क्षतिको जवाफदेहि सम्वन्धित आयोजना र सरकार हुने जनाइएको छ ।  

Related

स्थानिय 8502410191926195669

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item