सन् २०१२ को पहिलो सगरमाथा आरोहण

सोलुखुम्बु, जेठ ६ । सन् २०१२ कोे पहिलो सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न भएको छ । मे १८ तारिखका दिन विभिन्न आरोहण दलका फरकफरक सदस्यले सगरमाथाको सफल आरोहण गरेका छन् । 

यो वर्षको पहिलो आरोहणमा चिलीका १०, इरानका एक र स्वीट्जरल्यान्डका एक गरी १२ जना विदेशी र १८ जना नेपालीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरबाट पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सम्पर्क अधिकृत तिलकराम पाण्डेले जानकारी दिनुभयो । 

गत वर्ष मे ६ तारिखमा नै पहिलो आरोहण भएको थियो । यस वर्ष हावा चल्ने, हिउँ पर्ने र बाक्लो हुस्सु लाग्नेजस्ता मौसमी खराबीका कारण आरोहणमा ढिलाइ भएको पनि अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

मौसमले साथ दिएमा भोलिबाट आरोहण गर्नेको सङ्ख्या बढ्दै जानेछ । यस वर्ष सगरमाथा आरोहणका लागि ३३ टोली सगरमाथा क्षेत्रमा पुगेका छन् ।  

Related

प्रमूखखबरहरु 534457208629681637

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item