बन्दको असर:कुखुराका चल्ला खाल्डोमा गाडिँदै

चितवन,जेठ ६ । चितवन जिल्लामा लगातारको बन्दका कारण यहाँ उत्पादित कुखुराका चल्ला खाल्डोमा गाड्नुपर्ने अवस्था आएको भन्दै व्यावसायीहरुले चिन्ता प्रकट गरेका छन् ।  जिल्ला ह्याचरी सङ्घले दिएको जानकारीअनुसार चितवनमा एक हप्ताको अन्तरालमा तीन लाख जति कुखुराका चल्ला खाल्डोमा गाडिएको छ ।

ह्याचरी सङ्घ चितवनका अध्यक्ष टीका पोख्रेलले चितवनमा हप्तामा पाँच लाख चल्ला उत्पादन हुने गरेकामा तीन लाख चल्ला खाल्डोमा हालेर नष्ट गर्नुपरेको जानकारी दिनुभयो ।  उहाँले आफ्नो मात्रै १५ हजारको हाराहारीमा कुखुराका चल्ला खाल्डोमा गाडिसकेको बताउनुभयो । लगातारको बन्दले चल्लाको बजार ठप्प भएकाले बिक्री नभएर चल्ला नष्ट गर्न बाध्य भएको उहाँले बताउनुभयो ।  चितवनको उद्योग व्यवसायमा बन्दका कारण दैनिक साढे चार करोड रुपैयाँ बराबरको क्षति भइरहेको भन्दै व्यवसायीहरुले चिन्तासमेत प्रकट गरेका छन् ।

चितवनका विगत हप्तादेखि लगातारजसो बन्द हुँदै आएको छ । चितवनमा ५३ वटा चल्ला उत्पादन गर्ने ह्याचरी छन् । यस्तै, दाना उद्योग ३५, ठूला पोल्ट्रीफर्म १०० र साना एक हजार रहेका छन् । व्यवसायीहरुले बन्दलाई माग पूरा गर्ने विकल्प नबनाउनसमेत सबैमा आग्रह गरेका छन् ।  उद्योग वाणिज्य सङ्घ चितवनले दिएको तथ्याङ्कअनुसार चितवनमा पोल्ट्रीजन्य वस्तु, फलफूल, तरकारी, दूध तथा अन्य व्यवसायमा गरी दैनिक साढे चार करोड रुपैयाँ बराबरको क्षति हुने गरेको छ । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष तथा दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष डा तिलचन्द्र भट्टराईले तयारी कुखुरा र कुखुराजन्य पदार्थ सम्बन्धित ठाउँमा पु¥याउन नसक्दा व्यावसायीहरुले ठूलो घाटा बेहोर्नुपरेको बताउनुभयो । घाटामध्ये कुखुराजन्य वस्तुमा ६० प्रतिशत असर परेको उहाँले बताउनुभयो । चितवन नेपालमै कुखुरा उत्पादनका लागि महत्वपूर्ण जिल्ला हो । यहाँ नेपालकै ६० प्रतिशत कुखुरा उत्पादन हुने गरेको छ ।  

Related

विविध 8631487359086944720

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item